Loading...
Loading...
‘ निर जहिले….’ ले तान्यो दर्शक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ मंसिर, काठमाडौं । ‘निर जहिले रिसाउनी…’ बोलको गीतले अहिले उधुमै मच्चाएको छ । घर, सडक, चियापसल जताततै यो गीत नवजेको कहीँ छैन । कतिपय समारोहमा त यो गीत नवजे खल्लो मान्ने गरेका छन् । ‘पिरतीको छाता…’ पछि ‘निर जहिले रिसाउनी..’ ले नेपालीको मन छुन सकेको हो । purano

त्यसैका कारण पनि होला यही गीत समावेश भएको चलचित्र ‘पुरानो डुङ्गा’ शुक्रबारदेखि ददर्शनमा आउँदा अहिले हलहरू भरिभराउ छन् । सिंगल पर्दा होस वा मल्टिमेक्स यो फिल्म हेर्नेको घुइचोले हलहरूमा खुट्टा राख्ने ठाउँ छैन । भदौरे भेल झैं दर्शकको भेल उर्लदा यो चलचित्रले डेढ करोडको व्यापार गरेको बताइन्छ ।

नेपालमा सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ लाई मानिएको छ । यसले अहिलेसम्म १३ करोडको व्यापार गरिसकेको बताइएको छ । प्रदर्शनको दुई दिनमै दर्शकको आकर्षण हेर्दा ‘पुरानो डुङ्गा’ ले ‘छक्का पञ्जा’लाई पछि पार्न नसके पनि हाराहारीमा पुग्ने सहजै अनुमान लगाउन सकिन्छ ।

चलचित्र हिट हुन गीतको महत्वपूर्ण योगदान हुन्छ भन्ने प्रमाणित भएको छ । यसअघि ‘पिरतीको छाता ओढाउन…’ बोल गीत पनि चलचित्र प्रदर्शनमा आउनुभन्दा पहिलेनै हिट भएको थियो । चलचित्र ‘रेशम फिलीली’ ११ वैशाख ०७२ मा प्रदर्शनमा आएको थियो १२ गतेनै भूकम्पमा कारण चलचित्र नराम्ररी प्रभावित भए पनि लगानी सेभ गरेको बताइन्छ । ‘पिरती छाता..’ हेर्न दर्शकको ओइरो लागेकाले दुई दिनमा लगानी सेभ गर्न सम्भव भएको थियो । अहिले ‘पुरानो डुङ्गा’को यस्तै अवस्था छ ।

दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पाएको पुरानो डुङ्गामा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार र धन बहादुर गुरुङले निर्माण गरेका हुन भने कार्यकारी निर्माता बाल्मिकी पोख्रेल र अर्जुन कार्की हुन् । चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् ।

The post ‘ निर जहिले….’ ले तान्यो दर्शक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fD1099
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.