भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराएर रियल मड्रिडले उपाधि उचाल्यो ।
योसँगै रियल मड्रिडले अहिलेसम्म ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
मिलानमा भएको फाइनलको निर्धारित तथा थप गरिएको समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।
पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरे ।
१५ औं मिनेटमा सर्जिलो रामोसले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । रियल मड्रिडले पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाफमा लयमा फर्किएको एथ्लेटिको मड्रिडका लागि ७९ औं मिनेटमा यानिक काररासकोले बराबरी गोल फर्काए ।
थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । जस्मा पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके ।
यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो । एथ्लेटिको मड्रिड भने अहिलेसम्म तीन पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1qTZNzy
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

