पोर्तुगलमा एक नेपालीको दुखद निधन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा एक नेपालीको दुखद निधन भएको छ । नुवाकोटका ३९ वर्षीय जनकलाल श्रेष्ठको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालको ओछ्यानमा उपचार गर्दै रहदाको फोटो । |
उनी बिगत एक वर्षदेखि टोरेस भेद्रस बस्दै आएका थिए । कलेजो संक्रमणको रोगबाट सिकिस्त बिरामी अस्पतालमा भर्ना भएका श्रेष्ठको शुक्रबार दिउँसो दुईबजे निधन भएको थियो ।
लिस्बनको काब्राल अस्पतालको मेडिसिन वार्डको आइसोलेसन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । पोर्तुगलमा उनको कोही पनि आफन्त नरहेको बुझिएको छ ।
विवाहित श्रेष्ठका एक छोरा छन् । छोरासहित श्रीमती काठमाण्डौमा बस्दै आएको कुरा काठमाण्डौबाट उनका आफन्तले बताए ।
स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको व्यवस्थापन लगायतका बिषयहरुमा छलफल गर्न भोलि २७ मे शुक्रबार बिहान ९:३० बजे गैर आवासीय नेपाली संघ, पोर्तुगलको कार्यालय रोसियोमा भेला बोलाइएको छ ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Z4g2G9
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

