Loading...
Loading...
बलिउडका कुन अभिनेत्रीकाे पारिश्रमिक कति ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
baliyudबलिउडका अभिनेत्रीले एउटा फिल्मबाट लिने पारिश्रमिक अभिनेताको तुलनामा ज्यादै न्युन छ। तैपनि उनीहरुको पारिश्रमिक करोडौंमा गन्ती हुन्छ। कुन अभिनेत्रीले कति पारिश्रमिक लिन्छन् त? सन् २०१६ को जनवरीमा निस्किएका बिभिन्न रिपोर्टले यस्तो देखाउँछ।
दीपिका पादुकोणः हलिउडमासमेत पाइला टेकिसकेकी दीपिका बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्। उनी अभिनित पछिल्ला फिल्म हिट छन्। उनको अभिनयले पनि उत्तिकै प्रशंसा बटुल्यो। उनी एउटा फिल्ममा औषत १५ करोड भारु पारिश्रमिक लिन्छिन्।
करिना कपुरः दोस्रो नम्बरमा करिना कपुर पर्छिन्। तर, दीपिका र उनीबीच ठूलो अन्तर छ। पछिल्लो समय  ‘कि एन्ड का’ मा देखिएकी करिनाको औषत पारिश्रमिक नौ करोड भारु छ।
प्रियंका चोपडाः प्रियंका पछिल्लो समय बलिउडदेखि हलिउडसम्म उत्तिकै छाएकी छिन्। अमेरिकी टेलिभिजन श्रृंखलामा अभिनय गरेपछि उनको चर्चा ह्वात्तै चुलिएको थियो। बलिउडमा एउटा फिल्मबाट उनी सरदर नौ करोड भारु लिन्छिन्।
विद्या बालनः बलिउडमा पछिल्लो समय विद्या वालनको पारिश्रमिक खस्किएको चर्चा पनि चल्ने गरेको छ। आफ्नै बुतामा फिल्म चलाउने श्रमता राख्ने विद्याको पारिश्रमिक औषतमा सात करोड छ।
क्याट्रिना कैफः गैर भारतीय भइकन र हिन्दी भाषा बोल्न नजाने पनि क्याट्रिना बलिउडका अन्य भारतीय अभिनेत्रीलाई चुनौति दिने अभिनेत्रीमा पर्छिन्। उनी एउटा फिल्मबाट सरदरमा सात करोड भारु लिन्छिन्।
अनुष्का शर्मा: अनुष्का अहिले ‘सुल्तान’का कारण चर्चामा छिन्। सुल्तानमा कुस्तीबाजको भूमिका देखिएकी अनुष्काको एउटा फिल्मको पारिश्रमिक औषतमा ६ करोड भारु छ।
सोनाक्षी सिन्हाः सोनाक्षीको पारिश्रमिक पनि विद्या, क्याट्रिनाकै हाराहारीमा छ। उनी सरदरमा ६ करोड भारु लिन्छिन्।
श्रद्धा कपुरः श्रद्धा बलिउडमा उदाउँदो अभिनेत्री हुन्। बलिउड छिरेको कम समयमै उनी रुचाइएकी अभिनेत्रीमा पर्छिन् र कम समयमै धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पनि दरिइसकेकी छिन्। उनको पारिश्रमिक औषतमा पाँच करोड भारु पुगिसकेको छ।
आलियाः आलिया पनि कम समयमै रुचाइएकी अभिनेत्रीमा त पर्छिन् तर श्रद्धाले उनलाई उछिनिसकेकी छिन्। उनको सरदर पारिश्रमिक तीन करोड भारु छ।
परिणिती चोपडाः परिणितीको पारिश्रमिक पनि आलियाकै दाँजोमा छ।
कंगनाः कुनै स्टारबिना आफ्नै बलमा फिल्म चलाउन क्षमता राख्ने अभिनेत्री कंगनाले यसअघि ‘कट्टी बट्टी’ बाट ११ करोड भारु लिएको चर्चा चलेको थियो। तर, पछि उनले त्यति मोटो रकम नपाएको समाचार पनि आए। पछिल्लो फिल्म ‘रंगुन’बाट तीन करोड लिएको बताइन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७३ १२:२४:२०

 



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1WW93S5
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.