Loading...
Loading...
पोइल जानका लागि छोराछोरी मार्ने आमा, नाठो पनि पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१४ जेठ, बागलुङ । जिल्लाको बोहोरागाउँ–७ बस्ने २३ वर्षीया कमला घर्तीले पोइल जान ‘नाठो’सँग मिलेर आफ्ना छ वर्षीया छोरी र तीन वर्षका छोराको हत्या गरेको रहस्य खुलेको छ ।  

देवीस्थान– ४ निवास २२ वर्षीय भीमबहादुर भण्डारीसँगको अनैतिक यौनसम्बन्धका कारण कमलाले उनै नाठो भीमबहादुरसँग मिलेर छ वर्षीया छोरी समुन्द्रा घर्ती र ३ वर्षका छोरा मनोज घर्तीको हत्या गरेकी हुन् ।

कमलाले भीमबहादुरसँग मिलेर नाबालक छोराछोरीको घाँटी थिचेर हत्या गरेपछि घरगोठमा आगो लगाइ जलाएको खुलेको बागलुङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

घटनाअनुसार कमलाका पति रोजगारीका लागि मलेसियामा छन् । पति मलेसियामा रहेपछि भीमबहादुरसँग अनैतिक यौनसम्बन्ध राख्दै आएकी कमलालाई पोइल जान नाबालक छोराछोरी बाधक भएपछि यो जोडीले हत्याको योजना बनाएको थियो ।

गएको वैशाख १४ गते बेलुका बोहोरागाउँ– ७ सानो जिरीस्थित हेमबहादुर घर्तीको घरगोठमा आगलागी हुँदा उनका ६ वर्षकी नातिनी समुन्द्रा घर्ती र ३ वर्षका नाति मनोज घर्तीको ज्यान गएको समाचार बाहिर आएको थियो ।

आगलागीको घटनापछि गाउँमा चलेको चर्चा र विदेशमा रहेका मृतक बालबालिकाका बाबुको आशंकाका आधारमा अनुसन्धान गर्दा आगलागी भवितव्य नभई नियोजित भएको रहस्य खुलेको थियो । प्रहरीले कमला र भीमबहादुरलाई पक्राउ गरी दुई नाबालकको हत्या अभियोगमा मुद्दा चलाएको छ ।

कमलाका पति सन्तबहादुर केही वर्षदेखि मलेसियामा काम गर्दै आएका छन् । पक्राउ परेका भण्डारीले बिहे गर्ने योजनामा बाधा देखिएकाले कमलाका दुई नाबालबालिकाको घाँटी च्यापेर हत्या गरेको प्रहरीलाई बयान दिएका गरेका छन् ।

भीमबहादुर भण्डारीले साढे दुई वर्षदेखि आफूहरूको अनैतिक यौनसम्बन्ध रहेको भन्दै कमलालाई बिहे गर्ने प्रस्ताव राख्दा बालबालिकालाई छोडेर जान नसक्ने बताएकाले हत्या गर्ने योजना बनाएको बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले अनैतिक यौन सम्बन्धले भाग्ने योजनाका साथ बालबालिकाको हत्या भएको अनुसन्धानबाट खुल्न आएको बताए ।

‘योजनाअनुसार कमला घर्ती घाँस काट्न गएको र सासु–ससुरा घर बाहिर गएको मौका छोपेर भीमबहादुर भण्डारीले बच्चाको घाँटी थिचेर हत्या गरेको पाइएको छ’, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।
- दैनिक नेपाल


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1P2ozZI

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.