Loading...
Loading...
किन चीनबाट आउन सकेन विद्युतीय बस ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

Electronic-Bus

काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ । इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले पक्रिया अघिबढ्न नसकेको महानगरपालिकाका सार्वजनिक निजी साझदारी शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार चीनको मोटर कम्पनी सिआरआरसिटीका प्रतिनिधिले उपत्यकाको सडक अध्ययन प्रतिवेदन समेत बुझाइसकेको छ । सुरुमा जस्तो बस ल्याउने विषयको सक्रियता अहिले नदेखिएको उनले बताए । विद्युतीय बस ल्याउन महानगरपालिका तयार रहे पनि सरकारका तर्फबाट प्रतिक्रिया नआकाले आलटाल भएको अधिकारीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने र नेपालले १० वटा किन्ने सहमति भएको थियो । सोहीअनुरुप महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडक अध्ययन गरेर स्वदेश फर्किसकेको छ । चीनले अनुदानमा उपलव्ध गराउन लागेको सो विद्युतीय मिनीबस दिनमा एकपटक दुई घण्टा चार्ज गरेपछि दुई सय किलोमिटर गुड्छ ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1RMdua1

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.