भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

आजदेखि यस बर्षको एसएलसी परीक्षा सुरु भएको छ ।
विहान आठबजे सुरु हुने परीक्षामा देशभरिबाट ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थी सहभागी हुदै छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो पटक नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८२ विद्यार्थी सहभागी हुदैछन् । जसमा दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा बढी छन् ।
यसवर्ष प्राविधिक विषयको एसएलसी परीक्षामा तीन हजार दुई सय विद्यार्थी सहभागी छन् । तीमध्ये एक हजार नौ सय ८२ छात्र र एक हजार दुई सय ७३ छात्रा छन् । छात्राको तुलनामा सात सय नौ जना छात्र बढी छन् ।
देशभरिमा ९९ प्राविधिक विद्यालयमा पढेकाले एसएलसी दिने व्यवस्था छ । त्यसैगरी एसएलसी एक्जेम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ परीक्षार्थी छन् ।
परीक्षामा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ३५ हजार ७ सय २९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् ।
यो बर्षदेखि सबैजनाले ग्रेडका आधारमा ‘ग्रेडसिट’ पाउने भएकाले कोही पनि अनुतिर्ण हुने छैनन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1RMdu9X
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

