भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बेलायती राजकुमार हृयारी बुधबार स्वदेश फर्किने भएका छन् ।
नेपालको ११ दिने बसाइ सकेर हृयारी वुधवार बेलुका ९ः१५ को कतार एयरवेजको विमानबाट स्वदेश फर्किने भएका हुन् ।
चैत्र ६ गते नेपालको औपचारिक भ्रमणमा आएका हृयारीले भुकम्पप्रभावित क्षेत्रमा अझै धेरै समय विताउन चाहेपछि निर्धारित समय भन्दा एक हप्ता समयावधि बढाएका थिए ।
हृयारीले पछिल्ला केही दिन भूकम्पले क्षति र्पुयाएको गोरखाका विभिन्न विद्यालय र भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाएका थिए ।
उनले पाटन दरबार स्क्वायर क्षेत्र र भूकम्पले क्षति र्पुयाएको भक्तपुर, बर्दीया, पोखरा लगायतका क्षेत्रको भ्रमण गरेका थिए ।
नेपालमा रहदाँ ह्यारीले राष्ट्रपति, प्रधानमन्त्रीसंग भेटघाट गरेका थिए । उनी भुकम्प प्रभावित क्षेत्रमा रहदाँ भुकम्प पिडितहरुकै टहरामा बसेका थिए भने काठमाडौंमा रहदाँ लैनचौरस्थित बेलायती दूतावासमा बस्दै आएका छन् ।
निकै लामो समयपछि बेलायती राजपरिवारका सदस्य नेपाल भ्रमणमा आएका हुन् । उनले नेपालमा रहदाँ नेपाल, नेपाली र गोर्खा सैनीकको खुवै सकारात्मक चर्चा गरेका थिए ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1SwM7nt
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

