भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

दीपेन्द्र सापकोटा
१७ चैत, काठमाडौँ।
नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् ।
त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘राहदानी’को कथावस्तुको उठान डब्बु क्षेत्रीले यसै सेरोफेरोबाट गरेका छन् । जहाँ एउटा किसानले ऋण गरेर किनेको जर्सी गाई मर्छ । चलचित्रमा त्यही गाईको मृत्युले निम्त्याएको पिरोलोले सो परिवारलाई दुर्दशामा पु¥याएको कथा छ ।
रङ्ग पत्रकार क्षेत्रीले पहिलोपटक निर्देशन गरेको यही चलचित्र हेर्न गत चैत ११ गते हलसम्म पुगेका कृषिमन्त्री हरिबोल गजुरेल प्रतिक्रिया दिने क्रममा भक्कानिएर रोएका थिए । गरिब किसानले किनेको गाई मरेको कथाले आफ्नो हृदय छोएको उनले बताए ।
मूलतः रोजगारीका लागि खाडीमुलुक जाने नेपाली युवाको वास्तविक कथालाई चलचित्रले पस्किएको छ ।
कथा यस्तो छ– घरमा भएको सामान्य गाईको दूध बेचेर जीविका चलाउने परिवारमा जन्मिएको राजबहादुर क्षेत्रीलाई जर्सी गाई किनेर धेरै दूध उत्पादन गर्ने सोच आउँछ र महँगो ऋणमा गाई किन्छ । गाई अचानक मरेपछि ऋण तिर्न अरु उपाय नभएर अकस्मात् दलालमार्फत राज विदेशिन्छन् ।
आफ्नो अध्ययन छोडेर बाध्यताले विदेश गएको राज ठगिएको, दुर्घटनामा परेर निधन भएको र त्यसपछि परिवारको विचल्लीमा परेको कथाले दर्शकलाई आँसु झार्न बाध्य गराउँछ । छोराको लास नेपालसम्म ल्याउनु उनीहरुले कस्तो दुःख भोगे चलचित्रले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
लक्ष्मीप्रसाद ढकालले निर्माण गरेको चलचित्रको कथा निर्देशन क्षेत्री स्वयमले गरेका हुन । क्षेत्रीका अनुसार उनले उनकै पारिवारिक सेरोफेरोमा घटेका सत्य घटनालाई कथाको माध्यम बनाएका हुन ।
हचुवामा विदेशिएर दुःख पाएका आफ्नै नातेदारकोे कथाले छोएको त्यसमा पनि एक आफन्त विदेशमा बित्दा लास ल्याउन आफैँले धेरै कठिनाइ भोगेकाले व्यावसायिकताभन्दा माथि उठेर जनचेतनाका लागि चलचित्र बनाएको उनको भनाइ छ ।
उनि भन्छन्, “सीप नसिकी जथाभावी वैदेशिक रोजगारीमा जाँदा जोखिम काममा परेर दैनिक पाँचदेखि १५ युवाको विमानस्थलमा लास आइरहेको छ, म यो चलचित्रमार्फत युवालाई सन्देश दिन चाहन्छु, विदेश सोचेजस्तो सजिलो छैन भनेर ।”
‘राहदानी’ हेरेपछि धेरै युवाले अबदेखि विदेश जान्न भनेर राहदानी च्यातेको दृष्टान्त दिँदै क्षेत्रीले भने “अबदेखि विदेश गएर ठगिँदै नेपाली रुन नपरोस्, यही रोजगारी सिर्जना गरौँ ।”
‘डकुड्रामा’ शैलीको उक्त चलचित्रमा मुख्यपात्र ‘राज’को भूमिकामा रहेका अशोक रिजालले जीवन्त अभिनय गरेका छन् । त्यस्तै, दयाहाङ राई, नवीन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा आदि कलाकारको अभिनयसमेत प्रशङ्सायोग्य नै छ ।
पर्दामा सहरीया युवा विद्यार्थीको भूमिकामा रहेर गाउँलेलाई सक्दो सहयोग गरेका कलाकार लम्साल चलचित्र खेलेको प्रभाव वास्तविक जीवनमा लागू गर्न आफू लालायित रहेको बताउँछन् ।
गत सोमबार चलचित्र घरमा भेटिएका उनले भने, “सहरीया स्वार्थी हुन्छन्, गाउँलेलाई सहयोग गर्दैनन् भन्ने छ, तर यो चलचित्रमा मेरो भूमिकाले त्यसको खण्डन गरेको छ, अब म वास्तविक जीवनमा पनि विदेशमा दुःख पाएकालाई सहयोग गर्न चाहन्छु ।’’
चलचित्र हेर्न हलसम्म पुगेका केही दर्शकले भने चलचित्रको कथा उत्कृष्ट भए पनि निर्देशन त्यसअनुरुप हुन नसकेको प्रतिक्रिया दिए । रासस
The post युवालाई विदेशिन रोक्ने चलचित्र ‘राहदानी’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/25w8NLG
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

