भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

यातायात व्यवस्था विभागले अहिलेसम्म वाग्मती अञ्चलभित्रका सवारी चालकलाई सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।
परीक्षणको रुपमा यातायात विभागले पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक स्मार्ट कार्ड नुमतिपत्र वितरण गरेको थियो |
परीक्षण सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
स्मार्ट कार्डमा सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी कार्डभित्र राखिएको हुन्छ ।
यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पुर्याउनेछ ।
विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताए ।
सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उनले बताए।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1KXLGTv
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

