Loading...
Loading...
मलेसियाले गैरकानुनी कामदारलाई वैध बन्न अवसर दिने, नेपालीले पनि फाइदा लिनसक्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, माघ १५ – मलेसियाले औद्योगिक क्षेत्रमा कामदार अभाव टार्न गैरकानुनी हैसियतमा रहेका कामदारलाई वैध भएर रोजगारी गर्न दिने तयारी गरेको छ । 

प्रधानमन्त्री नाजिबले कामदार अभाव र सुरक्षाका लागि गैर कानुनि कामदारको खोजी गर्न यो नियमले सहयोग पुग्ने भएकाले तयारी थालिएको बताउनुभयो । 

न्यु स्ट्रिस टाइम्सका अनुसार अर्थमन्त्रीसमेत रहेका नाजिवले सन् २०१६ को संशोधित बजेट भाषणमा गैरकानुनी आप्रवासी कामदारलाई श्रम स्वीकृतिपछि पुनः रोजगारी दिने कार्यक्रम लागू गर्न सरकार तयार रहेको बताउनु भएको हो । 

यो कार्यक्रम लागू भए मलेसियामा गैरकानुनी भएर बसेका नेपालीले वैधानिक भई पुनः रोजगारी पाउने छन् । कार्यक्रम कहिलेबाट सुरु हुने र कस्तो प्रक्रिया हुने बारे भने खुलाईएको छैन् ।  मलेसियाले यसअघि पनि अवैधानिक कामदारलाई आममाफी दिँदै बैधानिक बन्ने अवसर दिएको थियो । 

मलेसियाले विदेशी कामदारबाट लिँदै आएको लेबी नीतिलाई परिवर्तन गर्ने र दुई प्रकारमा शुल्क निर्धारण गर्न लागेको छ ।  यसका लागि श्रमसँग सम्बन्धित ८ वटा कानुन संशोधनको तयारी गरेको छ । 

मलेसियामा लाखौं विदेशि कामदार अवैधानिक भएर बसेको अनुमान गरिएको छ ।  
- उज्यालो अनलाइन


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1RSfSBz

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.