Loading...
Loading...
पुरुषले नखानुस् यी ५ खाना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
प्याकेटमा राखिएका बजारका खानेकुराले स्वास्थ्यमा सोचेको भन्दा बढी असर गरिरहेको हुन्छ। भोक लागेको बेलामा हामीले जे मन लाग्यो त्यही खाने गर्छौँ, तर विचारै नगरी जथाभावी खानेकुरा खाँदा त्यसले नकारात्मक हामी ख्याल गर्दैनौ।
विशेष गरी पुरुषहरूले, आफ्नो शरीरलाई स्वस्थ र सुसंगठित राख्ने कोशिस गरिरहेका हुन्छन्। दैनिक भारी व्यायाम गरेर मात्रै शरीर सुसंगठित हुने होइन, हामीले खाने कुराले गर्दा पनि यसमा प्रभाव पारिरहेको हुन्छ। अस्वस्थ खाना खाएर भारी व्यायाम गर्दा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना पनि बढि हुन्छ। पुरुषहरूले मात्रै होइन, महिलाहरूले पनि यस्तो खाना खाँदा मधुमेह तथा क्यान्सर समेत हुने खतरा बढ्दछ।
तपाईँको दैनिक आहारमा यी ५ खानाहरूलाई पार्दै नपार्नुहोस्ः
१. सोयाबिन
soy_0सोयाबिनलाई दैनिक आहारमा नियमित समावेश गरेर खाने पुरुषहरूको शुक्रकीटको सङ्ख्या सोयाबिन नखानेहरूको भन्दा ४ करोड १० लाखले कमी भएको एक अनुसन्धानबाट पत्ता लागेको छ। सोयाबिनलाई अधिकांश पुरुषहरूले मांसपेशी वृद्धि गर्नको लागि प्रयोग गर्ने गर्छन्, तर यसमा पाइने एस्ट्रोजनको असरले पुरुषहरूमा शुक्रकीट उत्पादनमा कमी ल्याउँदछ। त्यसैले यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने मांसपेशी वृद्धिको लागि सोयाबिन बाहेक अन्य खानेकुराको प्रयोग गर्नुहोस्।
२. बेकरी प्रोडक्ट्स

दुनोट, केक, कुकीज जस्ता बेकरी खानेकुराहरू असाध्यै मीठो हुन्छ, तर यसमा अत्याधिक मात्रामा चिनी प्रयोग गरिएको हुन्छ, जसले विशेष गरी पुरुषहरूमा मधुमेहको सम्भावनालाई बढाउँदछ। एउटा सानो क्रिम दुनोटमा २०० देखि ५०० सम्म क्यालोरी र २५ देखि ५० ग्राम चिनी हुन्छ, फेरि हामीलाई एउटाले मात्रै कहाँ पुग्छ र? धेरै दुनोट खाँदा त्यसको असर पनि धेरै नै हुने गर्छ। त्यसैले यस्ता बेकरी खाध्यपदार्थहरू खाँदा मोटोपना, मधुमेह, मुटुरोग तथा पाचन समस्या हुने खतरा हुन्छ।
३. सेतो चकलेट
whitechocसबै चकलेटहरू उस्तै हुँदैनन्। डार्क चकलेटमा उत्कृष्ट प्रकारको एण्टिअक्सिडेन्टको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यको लागि राम्रो हुन्छ (तर धेरै खानु स्वस्थकर हुदैन)। दूधको चकलेटमा बढी चिल्लो पदार्थ हुनाले यो डार्क चकलेटभन्दा हानिकारक हुन्छ। स्वास्थ्यकै कुरा गर्दा चकलेट भरीमा ‘सेतो चकलेट’ सबैभन्दा अस्वस्थ चकलेट हो। यसको एउटा सानो टुक्रामा लगभग ५० ग्राम चिनी हुन्छ (लगभग १२ चम्चा)। यस्ता धेरै चिनी प्रयोग गरिएको चकलेट खाँदा दाँतमा किरा लाग्ने, मोटोपना बढ्ने, मधुमेहको लक्षण देखा पर्ने जस्ता समस्याहरू आउन सक्छन्।
४. फ्रेन्च फ्राइ र आलु चिप्स
frenchfriesफ्रेन्च फ्राइ र आलु चिप्स बनाउँदा आलुलाई तेल र बोसोमा मस्तले फ्राइ गरिएको हुन्छ, जुन चाहिँ हृदयघातको मूख्य कारण हो। आलुमा यसै त धेरै भन्दा धेरै पौष्टिक तत्वहरू पाइन्छन्, त्यसलाई अझ तेल र बोसोमा फ्राइ गरेपछि, उक्त पौष्टिक तत्व हानीकारक तत्वमा परिवर्तन हुन्छ र यसले शरीरमा सुगरको मात्रा बढाउने, रक्तचाप बढाउने, अनि मोटोपना बढाउने गराउँदछ।
५. मेसिनमा भुटेको मकै
popcornहामीलाई पपकर्न त्यति हानिकारक हुन्छ जस्तो त लाग्दैन, तर मेसिनबाट भुटिने हुँदा यसमा हुने पौष्टिक तत्वहरूको क्षय भई हानिकारक चिल्लो पदार्थ र सोडियम, कार्सिनोजेन्स तथा डाइएसिटाइलमा परिवर्तन हुन जान्छ। डाइएसिटाइल यस्तो रसायन हो जसले क्यान्सर गराउँदछ। त्यसमाथि चलचित्र भवनमा पपकर्नलाई प्याक गरिएर राखिएको प्लास्टिकमा ‘पर्फ्लोरोकेमिकल’ हुन्छ, जसले गलगाँड तथा घाँटीको क्यान्सर गराउन सक्दछ।

- http://www.nepalinewspaper.com/2016/01/blog-post_3263.html

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.