भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं, १६ पुस-
नेपाली खेलकुदमा ‘डाक्टरसाब’को नामले परिचित डा. अजय राणाले चिकित्सक टोलीमा रहेर नेपाली खेलाडीको उपचारमा लामो समय खर्चिए । उनको अनवरत २५ वर्षे योगदानलाई कदर गर्दै एसियन फुटबल महासंघ (एएफसी)ले ‘गोल्डेन सर्भिस अवार्ड’बाट पनि सम्मान गर्यो । तर, राणाको काम यतिमै भने सीमित छैन । उनले लामो समय तत्कालीन युवराज दीपेन्द्र शाहसँग पनि काम गरे, दीपेन्द्रको स्वास्थ्यको हेरचाह पनि गरे ।
नमा तय भएअनुसार ‘डाक्टरसाब’लाई भेट्न पुग्दा मेट्रो अस्पतालमा उनी व्यस्त थिए । केही मिनेटमै उनी तयार भए । पहिले नै तय भएअनुसार हामी लाग्यौँ, अमेरिकन दूतावासअगाडिको कफी सपतिर । ‘पहिले कफी अर्डर गरौँ अनि कुरा सुरु गरौँला,’ टेबलमा बस्दानबस्दै राणाको ‘अफर’ थियो यो । तर, उनीसँग अफर गर्न बाँकी नै थियो, ‘दीपेन्द्रबारे पनि कुरा गरौँ ल ।’ त्यतिवेला युवराज दीपेन्द्र शाहले बूढानीलकण्ठ स्कुलबाट अध्ययन सकेका थिए । सानोमा शिक्षाबारे चिन्ता लिएको दरबारको सोचमा परिवर्तन आइसकेको थियो– दीपेन्द्रको ‘फिटनेस’बारे । सायद, राणाले मैले सोचेको दीपेन्द्रबारे ‘गेस’ गरे, उनले भने, ‘त्यतिवेला राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इन्जिनियर इन्दुबहादुर शाही हुनुहुन्थ्यो ।
म चिकित्सकका रूपमा त्यहाँँ काम गर्थेँ । संयोग, सदस्यसचिवज्यूलाई दरबारबाट बोलावट आएछ, दीपेन्द्रको फिटनेसबारे हेर्ने मान्छेको खोजी गर्न ।’ दरबारनिकट शाहीलाई यो विषयमा छलफल गर्न सबैभन्दा उपयुक्त पात्र लागे डा. अजय राणा । ‘दरबारको काम गर्न सक्दिनँ भन्ने को हुन्थ्यो र ? फेरि मैले गर्न नसक्ने काम पनि त थिएन,’ राणाले शाहीलाई दिएको जवाफ सम्झिए, ‘एकपटक दरबारमा दीपेन्द्र सरकारसँग भेटौँ अनि फाइनल गरौँला ।’ राणा केही समयअघि मात्र जर्मनी र बेलायतबाट यही विषयमा अध्ययन गरेर फर्किएका थिए ।
विगतको यो अनुभवले पनि उनको कन्फिडेन्स बढायो, सायद शाहीको छनोटको ‘कन्फिडेन्स’ पनि यसैले निर्धारण गर्यो । राणा केही भन्न खोज्दै थिए, २२/२४ वर्षअघिको घटना सम्झिँदै थिए । त्यही वेला उनको ‘च्वाइस’को कफी टेबलमा आइपुग्यो । कफी कपबाट एक ‘सिप’ लिएपछि दरबार पुगेको घटना सम्झिए राणाले, ‘राजा वीरेन्द्रले मलाई के पढेको भनेर सोध्नुभयो । मैले एमबिबिएसपछि अध्ययन गरेको विषय मात्र भनिनँ, हक्कीको राष्ट्रिय च्याम्पियन भएकोसमेत बताए ।’ नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायले दीपेन्द्रबारेको फिचर लेखेका छन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

