भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

गौशाला, १६ पुस । महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् । हिजोसम्म बिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौँ व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।
नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएर पनि हिजोसम्म नेपाली ग्राहकले पाउने गरेकामा बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेका छन् । महोत्तरीको सीमापारिका भारतीय सहर मधवापुर, सुरसण्ड, भिट्ठामोडमा हिजोसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए ।
भारतमा नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत दुई हजार आठ सय रुपैयाँ देखि तीन हजार नेपाली रुपैयाँ सम्म लिने गरेका थिए । तर बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहक बिचल्लीमा परेका छन् । साथै, एसएसबीले सो सीमा भएर अन्य दैनिक उपभोगका सरसामान पनि ल्याउनमा कडाइ गरेका छन् । नेपाली उपभोक्ताले झोला र पोकामा पनि ल्याउने गरेका सरसामान एसएसबीले चेकजाँच गरेर मात्रै ल्याउन दिएको सर्वसाधारणको गुनासो रहेको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

