भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

धरान, १६ पुस । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब विरामीको उपचार गर्ने ठाँउ मात्र रहेन यो विरामीको उपचारका साथै मधेसी आन्दोलनको डिजाइन गर्ने ठाँउ बनेको छ ।
विराटनगरको जोगवनी नाकामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारको बाहनामा प्रतिष्ठानमा निर्वाद रुपमा बसेर आन्दोलनको डिजाइन गरि रहेको खुलासा भएको छ ।
विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका पूर्व स्वास्थ्य मन्त्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पतालमा भर्ना गरी मधेस आन्दोलन थप सशक्त बनाउने योजना बनाईरहेको प्रतिष्ठान श्रोतको दावी छ ।
राजेन्द्रलाई मधेस आन्दोलन सशक्त पार्न र आन्दोलनको स्वरुप परिवर्तन गर्न प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठान स्रोतको भनाई छ ।
गोल्डेन अस्पतालमा छँदा उपकुलपति दासले फो गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएका छन् । अस्पताल प्रोतका अनुसार महतोको स्वास्थ्यमा निकै सुधार भईरहेको छ ।
तर महतोलाई उपकुलपति दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियू वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ ।
त्यसो त अस्पतालमा विरामीकुरुवा एकजना भन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । महतोसँग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेस आन्दोलनको डिजाइन गरिरहेका छन् ।
राजेन्द्र महतो गोल्डेन अस्पतालबाट डिस्चार्ज लिएर बीपी प्रतिष्ठानमामा उपचार गर्न आउनुमा प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ ।
प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्रप्रसाद दास, अस्पतालका निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ महतो स्वास्थ्य मन्त्री हुँदा उनले नै नियुक्त गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

