भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

ताजाखबर। नायक राजेश हमालले सिन्धुपाल्चोकको कर्णाली गाउँ गोल्चेमा भूकम्पले अति प्रभावित बनाएको सबै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जिल्लाको शैक्षिक विकासमा झण्डै ५ वर्षदेखि क्रियाशील हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प) ले राजेशलाई उक्त ठाँउमा लगेर शैक्षित सामाग्री वितरण गरेको हो । गुम्बा ७ स्थित क्यालिङथाङ विद्यालयबाट झोला र शैक्षिक सामग्री वितरण सुरु गरिएको थियो । कार्यक्रममा झोला वितरण गर्दै हमालले सबै विद्यार्थीलाई राम्ररी पढेर ठूलो मान्छे हुनुपर्छ भन्दै सुझाब दिएका थिए । गाउँमा रहेका विद्यार्थी तथा अभिभावकलाई हमालले भने, ‘तपाईंहरुको गाउँमा आउन पाउँदा सार्है खुसी छु।’
उनले गुम्बा गाउँ आफूले सोचेभन्दा धेरै सुन्दर भएको बताए । जिल्लाका विकट गाउँका विद्यालयमा ९० प्रतिशत जनजाति बालबालिकाहरु विद्यालय नियमित उपस्थित नहुने गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थिति नियमित गराउन झोला र शैक्षिक सामग्री बितरण सुरु गरिएको हो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRK89
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

