भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, काठमाडौं, १७ पुष । पछिल्लो समय मुलुकको राष्ट्रियतामा आँच आउन थालेको भन्दै चिन्ता जनाइएका बेला युवाहरु यसको संरक्षणमा लागेका छन् विश्वभर जनवरी १ मा नयाँ वर्ष मनाईरहँदा यसै दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि काठमाडौं उपत्यका सहित मुलुकभर मनाउने गरिएको छ । यस वर्ष पनि ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्दै तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।
काठमाडौंमा ढाका टोपी लगाएर भेला भएका युवाहरुले पोशाक लगाउँदै राष्ट्रियता नजोगिएपनि यसले राष्ट्रियता सम्बन्धि चेतना जागृत गर्ने र सबैलाई राष्ट्रियता प्रति जिम्मेवार बन्न प्रेरणा दिने बताए । जागरुक युवा अभियान नेपालले आयोजना गरेको कार्यक्रममा ढाका टोपी लगाएर सहभागी भएका युवाहरुले वर्ष दिनभर राष्ट्रिय पोशाक नलगाए पनि यस दिन लगाउन आग्रह गरे ।
The post राष्ट्रियता जोगाउन भन्दै युवा सडकमा ओर्लिए (भिडिया सहित) appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1YV89Bm
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

