Loading...
Loading...
कुन प्रयोजनलाई कति क्षमताको सोलार चाहिन्छ? (मूल्य सूचीसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

आजदेखि राजधानीको भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रबद्र्धन मेला सुरु भएको छ। मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ। वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आयोजना गरेको सो मेला तीन दिनसम्म संचालन हुनेछ।मेलामा सर्वसाधारणले विभिन्न प्रयोजनका लागि चाहिने सोलारको क्षमता तथा मूल्यका बारेमा जानकारी लिन सक्ने केन्द्रले जनाएको छ।

timthumb

NSLouhvo

त्यस्तै नेपाल सरकारले सोलारमा उपलव्ध गराएको अनुदान कसरी लिने, कहाँबाट लिने त्यसको प्रावधानका सम्वन्धमा पनि मेलामै जानकारी लिन सकिने आयोजकले जनाएको छ।

केन्द्रका अनुसार १ सय वाटभन्दा माथिको सोलार जडानका लागि सर्वसाधारणले २ दशमलव ५ प्रतिशत व्याजमा ऋण लिन सक्नेछन्। त्यस्तै ५ सय वाटभन्दा माथिको सोलार जडान गर्दा सस्तो व्याजको ऋणका अलवा १५ हजार रुपैयाँ जडान शुल्क पनि उपलव्ध हुनेछ।

आफूलाई चाहिने विद्युतको आधारमा उपभोक्ताले सोलार जडान गर्न सक्नेछन्।
सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुऊर्जा आदिको प्रदर्शनी, तथा नवीकरणीय ऊर्जा सम्बन्धि प्रयोगहरु प्रदर्शनीमा देखाइएको छ। प्रदर्शनीमा हालै नेपाल सरकारले शुरु गरेको शहरी क्षेत्रमा अनुदान र सुलभ कर्जा सहितको सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको वारेमा समेत जानकारी दिइने छ।
Solar 4

सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, वायो ग्यास, वायु ऊर्जा जस्ता प्रविधिका साथै वित्तीय संघसंस्था, प्रविधिहरुमा अनुसन्धानरत निकाय गरी १ सय २५ स्टलहरु मेलामा राखिएको छ।

प्रदर्शनीमा विभिन्न तह र समूहका मानिसहरुको उल्लेखनीय सहभागिता रहने र नवीकरणीय ऊर्जाको बारेमा थप सकारात्मक धारणा विकास हुने विश्वास केन्द्रले लिएको छ।

नवीकरणीय ऊर्जा प्रविधिको विकास नै राम्रो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई सबै सामु पु¥याउन समेत यो प्रदर्शनी मनाउन लागिएको केन्द्रले जनाएको छ।

हालसम्म नेपालले नेपाल सरकार र विभिन्न विकास साझेदारीहरुको सयुक्त सहयोगमा संचालित विभिन्न कार्यक्रमहरु मर्फत लघु जलविद्युतबाट करिब २६ मेगावाट विद्युत उत्पादन गरेको छ भने झण्डै ३ लाख ५० हजार वायोग्यास प्लान्ट, करिब ७ लाख सौर्य विद्युत प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण गरिसकेको छ।

साथै यो क्षेत्रमा विभिन्न राष्ट्रिय क्षेत्रीय तथा स्थानीय स्तरमा कार्यरत सरकारी, गैर सरकारी, नीजि र वित्तिय संस्थाहरुको वीचमा सवल सकार्यको वातावरण समेत निर्माण भएको छ । फलस्वरुप नवीकरणीय ऊर्जा प्रविधिहरु मार्फत् देशका करिव ३० लाख भन्दा बढि घरधुरी लाभान्वित भैसकेका छन्।

सोतो पाटि बाट साभार 



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.