भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगले हिमाली क्षेत्रमा हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा समेतका सामग्री तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगको अनुगमन प्रतिवेदनले भूकम्प प्रभावित जिल्लामा जाडोबाट धेरै भूकम्पपीडितको मृत्यु भएको र यो क्रम बढ्दै जाने अवस्थामा रहेको जनाएको छ ।
हालै काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौँ, भक्तपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र ललितपुरका भूकम्पपीडितको अवस्थाको अनुगमन प्रतिवेदनमा भूकम्पपीडित बढी चिसोबाट प्रभावित भएको उल्लेख छ । भूकम्प प्रभावित व्यक्ति न्यानो लत्ताकपडा लिनका लागि बजारसम्म जान नसक्ने अवस्थामा रहेको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आयोगका अनुगमनका क्रममा अधिकांश गाविसका भूकम्पपीडितले सरकारद्वारा वितरित १५ हजार रुपैयाँ प्राप्त गरिसकेको पाइए तापनि पछिल्ला पाँच जिल्लाका केही गाविसमा अझै पनि उक्त रकम वितरण हुन नसकेको पाइएको बताइएको छ । सरकारद्वारा भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि १० हजार रुपैयाँ गाविसमार्फत वितरण प्रक्रिया अगाडि बढाइएको भनिए पनि कतिपय गाविसमा सचिवको अभाव र कार्यबोझ आदिका कारण तथ्याङ्क सत्यतामा शङ्का एवम् स्थानीय विवाद समेतका कारणबाट अधिकांश पीडितले उक्त रकम अझै प्राप्त गर्न नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।
अनुगमनका क्रममा काठमाडौँको चुच्चेपाटी, रसुवाको नौबिसे–लहरेपौवा, नुवाकोटको इन्द्रायणीचौर, भक्तपुरको सानोठिमी, चाँगु, भेलुखेल, सानो ब्याँसी, भक्तपुर नगरपालिकालगायत शिविर व्यवस्थित हुन नसक्दा पानी, शौचालय तथा महिलाको सुरक्षालगायत लैङ्कि समस्या रहेको पाइएको छ ।
क्षतिग्रस्त भवनको पुनःनिर्माणसम्बन्धी मापदण्डका सम्बन्धमा स्थानीयस्तरमा जानकारी हुन नसक्दा भूकम्पपीडित व्यवस्थित आवासको अधिकारबाट वञ्चित छन् भने चिसोका कारण अस्थायी सिकाइ केन्द्रमा पढिरहेका बालबालिकाको अवस्था अत्यन्तै नाजुक रहेको पाइएको छ । स्वास्थ्य केन्द्रमा औषधि र स्वास्थकर्मीको अभावले भूकम्पपीडित आधारभूत स्वास्थ्य सेवाको हकबाट वञ्चित छन् ।
भूकम्पपीडितलाई वितरण गरिने राहत र सहयोगका कार्यक्रममा आवश्यक सहयोग पु¥याउन आयोगले नागरिक समाज, राजनीतिक दल तथा सम्बद्ध सबै निकायलाई आग्रह गरेको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

