Loading...
Loading...
बैकल्पिक मार्गको खोजी भन्दै अर्थमन्त्री पौडेल र उद्योगमन्त्री पाण्डे द्वारा सिद्धबाबा क्षेत्रको निरीक्षण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विकाश पराजुली
रुपन्देही, १३ मंसिर । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आईतबार पाल्पाको दोभानमा रहेको सिद्धबाबा क्षेत्रको निरीक्षण गरेका छन् ।
विप्लव माओवादीको बन्दको प्रभाव रहेपनि प्रहरी स्कटिङमा मन्त्री तथा स्थानिय राजनितीक दलका कार्यकर्ता सहित निरीक्षण गर्न पुगेका मन्त्री द्वय पौडेल र पाण्डेले सिद्धबाबा मन्दिरमा टिका गृहण पछि निरीक्षण गरेका थिए । करिव ५ मिनेट निरीक्षण गरी हुईकिएका मन्त्री दोभान ५ झुम्सामा रहेको तिलोत्तमा उच्च माध्यमिक विद्यालयको मैदानमा पुगि सडकको अवस्था र बुटवलमा ल्याउन लागेको झुम्सा खानेपानी योजनाको कामको बारेमा जानकारी लिए ।
सो क्रममा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले सिद्धबाबा क्षेत्रको सडकमा बैकल्पीक मार्गका रुपमा सुरुङ मार्ग हुन सक्ने भन्दै त्यसको सम्भावयताका लागि ३ महिनाको समय लाग्ने बताए । करिव २ किलोमिटरको सुरुङ मार्ग बनाउनुपर्ने भन्दै उनले प्राविधिक र विशेषज्ञको टोलिले कामको प्रकृति, बन्ने समय, लागत स्टमेट गरी ३ महिनामा प्रतिबेदन दिन आफुहरु तयार रहेको बताए ।
सोही क्रममा बुटवलमा निकै अपेक्षा गरिएको झुम्सा खानेपानीको बारेमा मन्त्रीहरुलाई जानकारी दिदै खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको जानकारी दिए ।
उनले अहिलेको परिस्थिती सुल्टिएमा ३ महिनामा बुटवलबासीले झुम्साको खोपानी पिउन सक्ने बताए ।12319651_1008309422525604_494840558_n
पाल्पा जिल्लाका स्थानिय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले दोभानले राखेका मागहरु पाल्पाकै भएकाले दोभानका मागहरु यथोचित रुपमा सम्बोधन हुनुपर्नेमा जोड दिए । उनले सिद्धबाबाको बाटोको समस्या समाधान भएमा पर्यटकिय र विकासको सम्भावना थप बढ्ने बताए ।
दोभान गाविसका पुर्व अध्यक्ष लक्ष्मण थापाले झुम्सा खानेपानी बुटवलमा लगेवापत रोयल्टी बार्षिक रुपमा दोभानलाई १० लाख दिनुपर्ने माग राखे । उनले झुम्सा, गोरविन्दे वेरुवा ज्यामिरे बाटो स्तर उन्नती गर्नुपर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका लाल बहादुर थापा, नेकपा एमालेका लक्ष्मण थापा,, नेकपा माओवादीका नारायण थापा राप्रपाका लक्ष्मीप्रसाद बस्यालले संयुक्त हस्ताक्षर सहित दोभानका मागहरु लिखित रुपमा ज्ञापन पत्र अर्थमन्त्री विष्णु पौडेललाई दिएका थिए ।
सिद्धबाबा क्षेत्रको अवलोकन पछि तिलोत्तमा उच्च माविको मैदानमा पुगेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सिद्धबाबाको जोखिम न्यूनिकरणका लागि आफुहरु कटिबद्ध रहेको बताए ।
उनले यस अघि देखिनै सिद्धबाबा क्षेत्रमा बैकल्पिक मार्गको खोजि भईरहेकाले अब छिट्टै नै यसको समधान हुने विश्वास दिलाए । उनले बैकल्पिक मार्गको रुपमा सिद्धबाबालाई लैजान सके सिद्धबाबा बाट हुने जनधनको क्षतिबाट बचिने समेत बताए । उनले ५० साल देखि यता ९ सय भन्दा बढिको क्षति भएकाले त्यसको नियन्त्रणका लागि छलफल निकै गरेको बताए । उनले भने,‘हामीले यस बारेमा सदनमा कुरा उठाएका छौ, भौतिक योजना मन्त्रालयमा कुरा उठाएको छौ, समस्या समधानको खोजि गरेका छौ ।’
उनले रकिङ नेटको विकल्प अस्थायी रुपमा भएपनि गर्न सकिने भन्दै अहिले त्यसको प्रक्रिया अगाडि बढेको बताए । उनले स्थायी समधानको रुपमा उत्तम विकल्प भनेको सुरुङ मार्गनै हुने बताए । ‘हामीले अनेत्र देखेको र सुनेको भनेको स्थायी विकल्प सुरुङ मार्ग नै हो’ उनले भने ।
उनले सुरुङ मार्गको बजेटका विषयमा कुनै चिन्ता नलिन भन्दै यसको सम्भावत्या अध्ययान गर्न उनले आग्रह गरे । उनले अब सिद्धबाबा सडक खण्डलाई ४ लेनमा निर्माण गर्ने योजना रहेको समेत बताए । उनले भने–‘यो बाटोको विस्तार गर्न जरुरी छ, हामीले योजना बनाउने क्रममा छौ, यो सडक अब ४ लेन बन्नेछ ।’
सिद्धबाबा क्षेत्रको निरीक्षण र झुम्सा खानेपानी योजनाको जानकारी लिएपछि अर्थमन्त्री विष्णु पौडेलले यी दुवै योजनामा बजेट अभाव हुन नदिने बताएका छन् । उनले सिद्धबाबाको बैकल्पिक मार्गको खोजि गरेर जोखिम न्यूनिकरण गर्न आफुहरुले केन्द्रीय तवरबाटै पहल कदमी चालेको बताए ।
उनले सिद्धबाबाको स्थायी समधान के हुन सक्छ भन्ने विषयमा छलफल भईनै रहेको र मोटामोटी छलफलबाट सुरुङ मार्ग नै विकल्प रहेको बताए । उनले भने,‘अघिल्लो बजेटमा सिद्धबाबाको पहिरो रोक्न सम्भाव्यता अध्ययानको लागि बजेट छुटाइएको छ, अब यसको बैकल्पिक स्थायी समधान आउनेछ ।’
उनले अविलम्ब र तुरुन्त सम्भाव्यता अध्यायनका लागि कन्सल्टेन्सलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले सम्भाव्यता अध्ययान पछि मात्र यस बारेमा थप अगाडि बढ्ने बताए ।
उनले दोभान क्षेत्रको समग्र विकासको जिम्मा आफुले लिने बताए । उनले खानेपानी योजनाका मागका सम्बन्धका बारेमा सवै मागहरु सकारात्मक रहेकाले यी मागहरु सम्बोधन हुने समेत बताए ।
उनले भने, ‘यो खानेपानी आयोजनाको सिघ्र कार्यान्वयन हुन जनताहरु आतुर छन्, हामीले के गर्नुपर्छि हामीलाई भन्नुहोस, तर आयोजना सिघ्र सम्पन्न गर्नुहोस ।”उनले झुम्साका बासीले बुटवललाई लगाएको गुन कसैले भल्न नहुने समेत बताए ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.