भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

इलाम, १२ मंसिर ।
इलाममा यस वर्ष ५३ वटा नयाँ नागरिक सचेतना केन्द्र थप भएका छन् । जिल्लाका ४३ गाविसमा प्रत्येकमा एक÷एक, इलाम नगरपालिकामा पाँच, सुर्योदय नगरपालिकामा तीन र देउमाई नगरपालिकामा दुई वटा नयाँ नागरिक सचेतना केन्द्र थपिएका हुन् ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) मार्फत सञ्चालित सामाजिक परिचालन कार्यक्रम अन्तर्गत गाविस र नपाको अतिविपन्न एक टोलमा नागरिक सचेतना केन्द्र स्थापना गरिन्छ । यसअघि जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा ५२ वटा नागरिक सचेतना केन्द्र सञ्चालित थिए । चार वर्षअघि स्थापित ती केन्द्रहरु निर्धारीत मापदण्डका आधारमा परिपक्क भएपछि नयाँ ठाउँमा अर्को केन्द्र स्थापना गरिएको जिल्ला शासन विज्ञ राजु शिवाकोटीले जानकारी दिए । नयाँ नागरिक सचेतना केन्द्रहरु सामाजिक परिचालकको माध्यमबाट धमाधम गठन भईरहेको उनले बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी गरिएको ‘सामाजिक परिचालन कार्यविधि–२०७१’ अनुसार नयाँ नागरिक सचेतना केन्द्र स्थापना भईरहेको उनले बताए । कार्यविधिअनुसार गरिबीका अन्तरनिहीत कारणबाट पहिचान गरिएका सामाजिक र आर्थिक रुपमा अतिविपन्न टोलमा २५ देखि ३० जनालाई संगठित गरी नासके गठन गरिन्छ ।
कार्यक्रम अन्तर्गत पछाडी परेको वर्ग तथा समुदायलाई संगठित गरी सशक्तिकरणका माध्यमबाट आफ्नो जीवन र जिविकालाई प्रभाव पार्ने कुरा पत्ता लगाउन, विश्लेषण गर्न र सुधारका लागि प्रयास गर्ने उपयुक्त वातावरण सिर्जना गर्न सहजिकरण गर्ने उद्देश्यले नागरिक सचेतना केन्द्र स्थापना गरिएका हुन् ।
सो केन्द्रमा सामाजिक परिचालकद्वारा साप्तहिक रुपमा २ घण्टा रिफ्लेक्ट कक्षा सञ्चालन गरिन्छ । कक्षामा सहभागीबाट आएका मूख्य सवालहरुमा आधारित भई विभिन्न दैनिक जीवनोपयोगी विषयहरुमा छलफल हुने गर्दछ । सार्वजनिक सेवाप्रवाह, विकास र सहभागिता, सामाजिक विषयवस्तु तथा प्रथा र आर्थिक क्रियाकलाप तथा आयआर्जनसम्बन्धी विषयमा सामूहिक छलफल गरी कार्ययोजना समेत निर्माण गरी कार्यान्वयन गरिन्छ । साथै सहभागिहरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमबाट उनीहरुको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरिन्छ ।
केन्द्रलाई सञ्चालन खर्चवापत एलजीसीडीपीबाट वार्षिक ३० हजार रुपैयाँ प्राप्त हुने गर्दछ । सहभागीलाई खाजा खर्च, स्टेशनरी, सशजकर्ता शुल्क तथा सञ्चार र विविध शिर्षकमा सो रकम सो रकम प्राप्त हुने गर्दछ ।
यसैबीच पहिलेको नागरिक सचेतना केन्द्र सहकारीमा परिणत गर्दै जिविकोपार्जन सुधार कार्यक्रम मार्फत विभिन्न आय आर्जनका क्रियाकलापहरु सञ्चालन गरी नागरिकको सामाजिक आर्थिक पुँजीको विकास गर्न क्रियाशील रहनेछन् । परिपक्वता भईसकेका पुराना नागरिक सचेतना केन्द्रमा समेत साप्ताहिक रिफ्लेक्ट कक्षा सञ्चालनका लागि एक जना सामाजिक परिचालन स्वयंसेवक नियुक्त गरी विस्तारै सहकारीमा परिणत गरिनेछ । केन्द्रलाई एलजीसीडीपीबाट वार्षिक १० हजार रुपैयाँ प्राप्त हुनेछ । कार्यविधिले प्रत्येक वडाको विपन्न टोलमा नासके गठन गर्ने परिकल्पना गरेको छ ।
सामाजिक परिचान कार्यक्रम सुरु भएदेखि पहिलोपटक देशभर एकैसाथ यसवर्ष नयाँ नागरिक सचेतना केन्द्र थप गरिएको हो । कार्यक्रमको पहिलो चरण समाप्त भई दोश्रो चरणको सुरुवातमा देशका ३२७६ गाविस र १९१ नगरपालिकामा पाँच हजार वटा नागरिक सचेतना केन्द्र थप गरिएका हुन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

