Loading...
Loading...
मधेस आन्दोलनबारे सेनाको विशेष रिपोर्ट यस्तो छ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं: नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ‘तरल र अप्ठ्यारो’ अवस्था रहेको विश्लेषण गरेको छ।
झन्डै एक सय दिनदेखि तराई-मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख छ।नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स (डीएमआई) ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई-मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहे पनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ। कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ।तराई-मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो। तराई-मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ। Nepali_Sena_503134830
यस्तै तरल अवस्था जारी रहे सेनाको भूमिका के हुने भन्ने सन्दर्भमा समेत सैनिक अधिकारीहरूबीच छलफल भएको थियो।छलफलमा पूर्वसैनिक अधिकारीहरूले मुलुकको राष्ट्रियता र सार्वभौमिकताबारे कुनै पनि सम्झौता मान्य नहुने बताएका थिए । स्रोतका अनुसार उनीहरूले राष्ट्रिय एकता र अखण्डता जोगाउन नेपाली सेना जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्ने सुझाव पनि दिएका थिए।
मधेसमा भइरहेको आन्दोलनले असहज परिस्थिति निम्त्याएकाले यस्तै अवस्था रहे नेपाली सेनाले अवलम्बन गर्नुपर्ने भूमिकाका विषयमा सेनाले पूर्वसैनिक अधिकारीसँग छलफल गरेको हो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले नियमित कार्यक्रम भए पनि नेपाली सेनाले पूर्वउच्च सैनिक अधिकारीलाई मुलुकको पछिल्लो अवस्था खासगरी मधेसमा चलिरहेको आन्दोलनबारे जानकारी दिएको बताए।
उपप्रधान एवं रक्षामन्त्री भीम रावलले मधेसको आन्दोलन काबुमा लिन सेना परिचालन हुनेतर्फ संकेत गरिरहेका बेला सरकारका प्रवक्ता रहेका सूचना तथा प्रविधिमन्त्री शेरधन राईले संवाद र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने तर कुनै पनि बहानामा सेना परिचालन गर्न नहुने धारणा राख्दै आएका छन् । मन्त्रीहरूकै परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला पूर्वसैनिक अधिकारीहरूले विधिसम्मत निर्णय भएमा नेपाली सेना जहाँसुकै तैनाथ हुनुपर्ने सुझाव सैनिक नेतृत्वलाई दिएका छन्।
तर सेनाले राजनीतिक समस्याको राजनीतिक समाधानमै जोड दिएर परिचालनका लागि अप्रत्यक्ष सर्त राखेको छ। छलफलपछि सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा पूर्वसैनिक उच्च अधिकारीले नेपाली सेना संविधानसम्मत, विधि र प्रक्रिया पुर्‍याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवं आमजनताको जिउधन सुरक्षाका लागि अवस्था, परिस्थिति र आवश्यकताअनुरूप तैनाथीका लागि तयारीमा रहनुपर्ने सुझाव दिएको उल्लेख छ। उनीहरूले मधेसमा जारी आन्दोलन राजनीतिक विषयवस्तु भएकाले राजनीतिक रूपले नै समधान गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।-



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.