भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताएका छन् ।
गृहमन्त्री बस्नेतले आज सुनसरी जिल्लाको इटहरीस्थित सशस्त्र प्रहरीको बराह बाहिनी मुख्यालय पकलीमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीपछि स्थानीय सञ्चारर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
क्षेत्रीय सुरक्षासम्बन्धी गोष्ठीमा पूर्वी नेपालको तराईका सीमा क्षेत्रमा भइरहेका गतिविधिका विषयसम्बन्धी जिल्लाका सुरक्षा प्रमुखबाट ठोस प्रतिवेदन प्रस्तुत गरिएको र त्यस विषयमा गोष्ठीमा विस्तृत छलफल गरी ठोस निचोड निकालिएको पनि गृहमन्त्री बस्नेतले सञ्चारकर्मीलाई अवगत गराए ।
मन्त्री बस्नेतले पछिल्लो समयमा भारतसँग सीमा जोडिएका क्षेत्रमा भएको गोलीकाण्ड, तस्करी, कालोबजारीलगायतका विषयमा पनि विस्तृत छलफल भएको थप जानकारी दिँदै उनले कालोबजारी गर्ने उद्योगी व्यापारी र सीमा क्षेत्रमा तस्करी गर्ने समूहको कडा निगरानी राखेर कडा कारबाही चलाइने ठोकुवासमेत गरे ।
लामो समयदेखि राजमार्ग क्षेत्रमा देखिँदै आएको अवरोधलाई सरकारले खुलाउने विषयमा पनि विस्तृत छलफलसँगै कसरी राजमार्गलाई सहज तुल्याउने र कसरी सुरक्षाकर्मी परिचालित हुने भन्ने विषयमा पनि गोष्ठीले ठोस मार्ग्चित्र तयार पारेको पनि गृहमन्त्री बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए।
तराईमा मधेस आन्दोलनका कारणले राजमार्गमा अवरोध भइरहेको, ठाउँठाउँमा सार्वजनिक सवारी साधनमा ढुङ्गामुडा गर्ने कार्य भइरहेको र अर्बांैको नोक्सानी गराउने कार्य भइरहेको तर्फ सरकार ज्यादै गम्भीर भएकाले राज्यले ठोस योजना बनाएर जोडदार रुपले काम गर्ने निचोड निकालेको पनि मन्त्री बस्नेतको भनाइ रहेको छ ।
सीमा क्षेत्रमा छिमेकी मुलुक भारततिरबाट भइरहेको अवरोध तथा संयुक्त मधेसी मोर्चाका तर्फबाट भइरहेको धर्ना र आन्दोलन आदिलाई सहज वार्ताका माध्यमबाट निकास दिन पनि सरकारले वार्ता जारी राखेको र चाँडै नै कूटनीतिक पहल गरेर त्यसको पनि ठोस निकास निकाल्ने विषयमा पनि विस्तृत छलफल भएको उनले बताए ।
क्षेत्रीय सुरक्षा गोष्ठीमा पूर्वी तराईका जिल्लामा क्रियाशील सुरक्षा निकायका प्रमुखबाट वर्तमान अवस्थामा भइरहेका गतिविधि तथा नेपाल सरकारका तर्फबाट भइरहेको सुरक्षा तैनाथीका विषयमा पनि विस्तृत छलफल भएको पनि मन्त्री बस्नेतले बताए ।
उनले भारतीय सीमा सुरक्षा बलका तर्फबाट नेपालमा प्रवेश गरेर गोली चलाएको तथा हातहतियारसहित नेपाली भूमिमा प्रवेश गरिरहेको घटनालाई पनि सरकारले कूटनीतिक प्रयासबाट अब उप्रान्त दोहोरिन नदिनका लागि भरमग्दुर प्रयास भइरहेको तथा यो विषयमा भारत सरकारसमक्ष पनि कुराकानी भइरहेको मन्त्री बस्नेतले उल्लेख गरे ।
मन्त्री बस्नेतले शान्ति सुरक्षा जस्तो विषयलाई अति संवेदनशील विषयका रुपमा सरकारले हेरिरहेको र आजमात्र राजधानी काठमाडाँैमा प्रहरीको खोजीको सूचीमा रहेका दुई जनालाई पक्राउ गर्दा केही शक्ति प्रदर्शन भएको तथा गोलीसमेत चलेको पनि जानकारी दिए।
सुरक्षा गोष्ठीमा गृहमन्त्रालयअन्तर्गतका सुरक्षा निकायका प्रमुख तथा क्षेत्रीय र जिल्ला तहका सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च तहका कर्मचारीसमेतको सहभागिता रहेको थियो । रासस
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

