भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सिन्धुली : सिँचाइ मन्त्री उमेशकुमार यादवले ‘धाइ’ आमाको सम्मान गर्नेहरुका कारण मधेस आन्दोलन चर्किएको बताएका छन् ।
आइतबार सिन्धुलीमाढीमा पार्टी कार्यकर्तासँगको भेटघाटमा मन्त्री यादवले जन्म दिने आमालाई दुःख दिएर धाइआमाको सम्मान गर्न खिचडी पकाउनेहरुका कारण मधेस आन्दोलन चर्कीएको बताएका हुन् ।
अति मधेसबादको कुरा गर्ने र शासकहरुसँग मिलेर अकुत सम्पती कमाउनेहरुबाट मधेसका नाममा राष्ट्रहित विपरित आन्दोलन भइरहेको छ’, उनले भने, ‘यो धाइआमालाई खुसी पार्न खिचडी बनाउने काम मात्र हो ।’
जनताको अधिकार कुण्ठित गरी राष्ट्र नै कमजोर पार्ने गरी गरिएको आन्दोलन कुनैपनि हातलमा अधिकारको लागि नहुने उनले ठोकुवासमेत गरे । भारतको अघोषित नाकाबन्दीप्रति लक्षित गर्दै उनले ब्यापार गर्दा हिसावकिता बराबरी गर्नुपर्ने भन्दै त्यसको जवाफ पनि कडारुपमा दिनुपर्ने संकेत गरे ।
जनताको बलिदानको जगमा निर्माण गरिएको संविधान आवश्यकता अनुसार संशोधन गरेर सबै वर्ग र समुदायको भावनालाई समेटी अघि बढ्न सकिने उनको भनाइ थियो ।
‘यो संविधान कुनै राजामहाराजबाट बनेको हैन’, उनले भने, ‘झुपडीका समुदायबाट आएको सुझावका आधामा बनेकाले सबै समुदायको भावनालाई समेटेर संसोधन र परिष्कृत गर्दै लैजान सकिन्छ ।’
मधेस आन्दोलन र भारतिय नाकाबन्दी राष्ट्रहित विपरित भएको चर्चागर्दै मन्त्री यादवले भारतको मात्र विश्वास गर्दा यस्तो अवस्था आएको बताए ।
आफ्नै हातले संविधानमा कमादेखि पूर्णविरामसम्म लागाउने डा. बाबुराम भट्टराईको पार्टी परित्याग र संविधानप्रतिको असन्तुष्टी सामान्य कुरा नभएको यादवको विश्लेषण थियो ।
‘मालेमाबाद र प्रचण्डपथ सबभन्दा नयाँ शक्ति हो तर, भट्टराईले नयाँ शक्तिकारुपमा कम्युनिष्ट पार्टीको साधरण सदस्यता समेत त्याग गर्नु समान्य कुरा छैन्,’ यादवले भने ।
उनको पार्टी परित्यागअघि शाहवंशीय र ब्रामणबादको हिमायतीहरुसँगको गोप्य वार्त र छलफल भएको खुलसा गर्दै यादवले पुरानासँगको गोप्य छलफलले नयाँ शक्ति बन्नै नसक्ने बताए ।
उग्रराष्ट्रबादको पगरी गुथ्ने जलपण्डीतहरुका कारण जलस्रोतमाथि धेरै राजनीति भएको उनको भनाइ छ । उनले अब कुनै हालतमा त्यसो हुन नदिने उनले बताए ।
‘अब जलस्रोत र सिँचाइ क्षेत्रमा बहुआयामीक र दिर्घकालीन योजना निर्माण गरिने छ’, उनले भने, ‘यसका लागि विशेषज्ञहरुको टोलीबाट अध्ययन थालि सकिएको छ ।’
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

