भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, काठमाडौं, १३ मंसिर । हेल्पराईज फोरम (सहयोग उत्थान मंन्च ) युएईका संयोजक बाबुराम विश्वकर्मा सहित ५५ जनाले संस्था परित्यागको घोषणा गरेका छन । समाजमा पछाडी परेका दलित समुदायको उत्थान गर्ने उद्धेस्यका साथ १७ मे २०१३ मा स्थापना भएको संस्था उनीहरुले पछिल्लो समय संस्थामा, संस्थाको उद्देश्य विपरीत काम र राजनितिक हस्तक्षेप बढ्दै गए पछि बिहीबार साँझ असन्तुष्ट पक्षले पत्रकारसम्लेन गरी संस्था छोडेको बताएका हुन ।
नेपालमा बिभिन्न जिल्लाका अपाङ्ग, दृष्टि बिहिन, एकल महिला, गरिब बालबालिकाहरुलाई सहयोग गर्दै आएको यस सस्थाले अहिले सम्म ७,३७,७८६ रुपैया सहयोग गरि सकेको छ । संस्थालाई अगाडी बढाउने र नेपालमा एउटा समाता मुलक समाज निर्माण गर्ने चाहाना हुदा हुदै पनि संस्थाका केही नेतृत्वपंति कारण संस्थाको हित विपरीत काम भईरहेको हुदा संस्थाबाट बिश्राम लिन चाहेको संयोजक बिश्वकर्माको भनाई छ ।
बिगतका दिनहरुमा जस्तै निरन्तर समाज सेवामा लागी पर्ने र दलित समुदायको मुक्तिको लागी आगमी दिनमा सबै दलित समुदायलाई समेटेर दलित महासंघ निर्माण गर्ने पत्रकार सम्लेलनमा जानकारी दिइएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Q6mrhn
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

