Loading...
Loading...
देशको स्थिति देखेर चिन्ता बढ्यो नेपाली सेनालाई | अब नेपाली सेना यसरि अघि बढ्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नेपाली सेनाले मुलुकको समसामयिक परिस्थितिबारे सङ्गठनका अग्रजसँग आवश्यक जानकारी लिएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित अन्तरक्रियामा सहभागी पूर्व प्रधान सेनापति र अवकाश प्राप्त रथीबृन्दले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिमाथि गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तराई मधेसमा उत्पन्न समस्या ‘राजनीतिक’ भएको जनाउँदै उहाँहरुले राजनीतिक तवरबाटै यो समस्याको शीघ्र समाधान हुने विश्वास व्यक्त गरेका छन् ।zzsena

नेपाली सेना संविधानसम्मत विधि र प्रक्रिया पुर्याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवम् आमजनताको जीउधन सुरक्षाका लागि अवस्था, परिस्थिति र आवश्यकतानुरुप तैनाथीका लागि तयारीमा रहनुपर्ने धारणा र सुझाव अन्तरक्रियामा आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा नेपाली सेनाको वर्तमान अवस्था, भावी कार्यदिशा एवम् नेपाली सेनासँग सम्बन्धित विषयवस्तुमा जानकारीमूलक ढङ्गबाट अन्तरक्रिया भएकोे जनाइएको छ ।

नेपाली सेनाका विभिन्न निर्देशनालयद्वारा वस्तुस्थिति, प्रधान सेनापतिको नेतृत्व र मार्ग निर्देशन, नेपाली सेनाको नीति तथा भावी योजना र कल्याणकारी योजनालगायत अन्य समसामयिक विषयवस्तुमा पनि गहन छलफल गरिएको थियो ।

सङ्गठनमा रहेर लामो अनुभव, ज्ञान र सीप आर्जन गर्नुभएका पूर्वप्रधानसेनापति र रथीबृन्दबाट आएका रचनात्मक टिप्पणी, सल्लाह र सुझावले सेनालाई अझ बढी सक्षम एवम् सबल बनाउन आधार प्रदान गर्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.