भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मुगुमा ५ दिनअघि देखि हराइरहेका एकै घरका ४ जना बालबालिका एउटै खाल्डोमा मृत अवस्थामा भेटिएका छन् । मुगुको ह्याँग्लु गाविसस्थित एक घरबाट हराईरहेका उनीहरुको शव गाडिएको अवस्थामा गाँउदेखि १ सय मिटर तल बारीमा भेटिएको हो । लामो समयसम्म पनि खोजी गर्दा उनीहरु भेटिन सकेका थिएनन् । स्थानीय बासिन्दाले खोजी गर्दै जाने क्रममा आज बिहान खाल्डो खनेर पुरिएको अवस्थामा बालबालिकाको शव भेटिएको हो । स्थानीय नन्दबहादुर रोकायाकी ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दीप रोकाया यही मंसिर ९ गते देखि हराइरहेका थिए । एकैपटक चारजना बालबालिका एउटै खाल्डोमा पुरिएको पाईएपछि प्रहरीले बिशेष अनुसन्धान थालेको छ । यो रहस्यमय घटनाको अनुसन्धान गर्नका लागि प्रहरीले मृतक बालबालिकाका बाबु, आमा र हजुरआमालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । चारै बालबालिकाको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

