Loading...
Loading...
ऋतिकले साइकल सिकेको त्यो दिन…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ऋतिक रोशन अहिले बलीउडका चर्चित अभिनेता हुन् । एकपछि अर्को गर्दै बलीउड बक्सअफिसमा धमकेदार चलचित्र दिइरहेका ऋतिकको अभिनयलाई धेरैले अद्भुत पनि ठान्ने गर्छन । चलचित्रमा उनले दिने स्टन्ट र कलात्मक नाचको तारिफ नगर्ने कमै हुन्छन् । तर, आफ्नो बचपन सम्झिँदा ऋतिकलाई उनी अझै पनि बच्चा नै रहेको अनुभत हुने गर्छ ।

‘मेरो जीवनको एउटा कुरा सुनाउँछु,’ ऋतिकले आफ्नो बालापन स्मरण गर्दै सुनाए, ‘सानो छँदा मलाई लाग्थ्यो कि यो जिन्दगीमा कहिल्यै साइकल सिक्न सक्दिनँ होला ।’ साइकलमा चढेर पाइडल घुमाउन थाल्नेबित्तिकै पटक–पटक लड्ने गरेको उनले बताए । उनले एक दिन बुबासँग साइकल सिक्न गएको पनि सम्झिए । ‘म बुबासँग साइकल सिक्न गएको थिएँ,’ त्यो दिन सम्झिँदै भने, ‘बुबाले एक हप्तामा साइकल चलाउन सक्ने गरी सिकाइदिने विश्वास दिनुभएको थियो ।’

hritik-cycle

उनी दोस्रो–तेस्रो दिन पनि बुबासँग साइकल सिक्न गए । ‘दोस्रो दिन ममा थोरै आत्मविश्वास बढ्यो, बुबाले साइकल ‘ब्यालेन्स’ गर्न सिकाइदिनुभएको थियो,’ उनले भने, ‘तेस्रो दिन बुबाले साइकल समातेर मलाई ब्यालेन्स गर्न लगाउँदै अगाडि बढ्न भन्नुभयो । तर, बुबाले हात छोडिदिए मेरो हालत के होला भन्ने डरले निकै आत्तिएको थिएँ ।’

ऋतिकमा आत्मविश्वास बढ्दै गयो । बुबाले भनेअनुसार उनी केही दिनमै एक्लै साइकल चलाउन सक्ने भए । ‘बुबाले भनेअनुसार म एक्लै पनि साइकल हाँक्न सक्ने भएँ, बुबाले साइकल सिकाएको त्यो घटना कहिल्यै भुल्न सक्दिनँ,’ ऋतिकले स्मरण गरे । आशा र आप के दीवाने चलचित्रमा बाल कलाकारको अभिनय गरेसँग ऋतिक रोशन बलीउड चलचित्रमा छाउन थालेका हुन् । उनका कभी ख़ुशी कभी ग़म, मैं प्रेम की दीवानी हूँ, कोई… मिल गया लगायतका सफल चलचित्रहरु रहेका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.