भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

प्रधानमन्त्री ओलीका सुरक्षा मामिल सल्लाहकार भनिएका विवादास्पद पूर्व जर्नेल प्रकाशबहादुर बस्नेत लैनचौरस्थित भारतीय राजदूतावास रातको समयमा सुटुक्क छिरेको प्रसंगले खैलाबैला मच्चिएको छ । गुपचुप रुपमै सुरक्षा सल्लाहकार बनेका जर्नेल बस्नेत २०७२ मंसिर ८ गते राति भारतीय राजदूतावासमा बिना जानकारी पुगेको कुरा नेपाली सुरक्षा निकायका एक अधिकृतले नाम प्रकाशित नगर्ने सर्तमा बताएको भन्दै साँघु साप्ताहिकले खबर लेखेको छ ।
प्रधानमन्त्री ओलीको सुरक्षा सल्लाहकार भनेपछि उनकै आग्रहमा राजदूतावासका केही उच्च अधिकारीलाई भेटेको कुरा राजदूतावासको सुरक्षार्थ खटिएको सुरक्षा स्रोतले जनाएको छ । उनी प्रधानमन्त्री केपी ओलीको स्वीकृति लिएर भारतीय राजदूतावास गएका हुन् कि आफूखुसी गएका हुन् भन्ने कुरा चाहिँ खुलेको छैन ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयमा जिज्ञासा राख्दा यसबारेमा केही बताउन चाहेको छैन । प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार जस्तो व्यक्ति यस्तो बेलामा किन रातको समयमा राजदूतावास गए र उनले के कुरा गरे भन्ने जनतालाई जानकारी गराउनुपर्छ कि पर्देन ? प्रश्न उठाइएको छ ।
बस्नेत नेपाली सेनाका विवादास्पद पूर्व उपरथी हुन् । राजदरबारका प्रमुख सैनिक सचिव विवेक शाहका निकट बस्नेत कसरी ओली निकट बन्न पुगे भन्ने कुरा चाहिँ खुलेको छैन । नेपाली सेनामा रहँदा एनडिसी समेत गर्न नपाएर छटपटीमा परेको बेलामा विवेक शाहको चाकडीपछि एनडिसी गर्ने मौका पाएका थिए ।
शाही सेनामा रहँदा राजा र दरबारकै आशिर्वादमा संभाररथी विभागको प्रमुख भएर करोडौं, अर्बौंको खरीदमा मोजमस्ती गरेर अकूत सम्पत्ति आर्जन गर्न सफल अवकाश प्राप्त उपरथी हुन् । साँघु साप्ताहिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

