भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, काठमाडौं, १४ मंसिर । काठमाडौँको भृकुटीमण्डपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार केन्द्र ललितपुरको बालकुमारीमा सर्ने भएको छ ।
गएको वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले केन्द्रमा क्षति पुर्याएपछि सो केन्द्र ललितपुरस्थित रेडक्रसको जिल्ला शाखामा सर्न लागेको हो । केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा प्रकाशकुमार यादवले केन्द्र यही महिनाको अन्त्यसम्म ललितपुरमा सर्ने जानकारी दिएको राससले उल्लेख गरेको छ ।
पचास वर्ष लामो इतिहास बोकेको केन्द्रीय रक्तसञ्चार केन्द्रले सुरुका दिनमा वीर अस्पतालबाट सेवा दिँदै आएको भए पनि २०३९ सालमा भृकुटीमण्डपबाट सेवा दिँदै आएको थियो ।
भूकम्पले केन्द्रको भवनमा पूर्ण क्षति पुगेपछि भवन निर्माणका लागि तीन वर्षका लागि केन्द्र ललितपुरमा सर्न लागेको हो । अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा तीनतले भवन निर्माण भएपछि केन्द्र पुनः भृकुटीमण्डमा नै फर्कने यादवले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1MZ7adW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

