Loading...
Loading...
इन्धन ल्याउन दिने बंगलादेशको स्पष्टोक्ती
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १४ मंसिर । भारतले सम्झौता विपरीत इन्धन दिई नेपालमा नाकाबन्दी जारी राख्दा जनजीजन सकस पूर्ण बनिरहेका बेला बंगलादेशले इन्धन ल्याउनका लागि ट्राजिन्टको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएको छ ।

रिपोर्टर्स क्लव नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्याँस ल्याए ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको जानकारी दिएकी हुन् ।

बंगलादेश आफैले इन्धन उत्पादन गर्ने नभइ आयात गर्ने भएकाले नेपालले तेस्रो मुलुकबाट इन्धन ल्याउने हो भने बन्दरगाह ट्रान्जिटको रुपमा दिन तयार रहेको उनको भनाइ छ । बंगलादेशले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको उनले जानकारी दिइन् । नेपाली ढुवानी साधन निर्वाध रुपमा बंगलादेश जान पाउने भएपनि बंगलादेशी ट्रक नेपाल आउन नपाउने भन्दै उनले तत्काल मोटर भेइकल एग्रिमेन्ट गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् । 

रोहनपुर सिंहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने बताएकी उनले नेपालबाट बंगलादेश निर्यात गर्न दुई सय ८ बस्तुमा शून्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने जानकारी दिइन् ।

यता चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ । चीनको नयाँप्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नु पर्नेछ । इन्धन खरिदको ब्यापारिक सम्झौताको वातावरण बनाउन चीन गएको नेपाल आयल निगमको टोली सोमबार ( आज ) स्वदेश फर्किँदैछ ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1Xr5UdC
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.