Loading...
Loading...
वीरगञ्जमा विद्यार्थीको मानव साङ्लो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी,काठमाडौं, १४ मंसिर । पर्साको वीरगञ्जमा विद्यार्थीहरुले मधेश आन्दोलको समर्थनमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।

केही दिन अघि भारतीय नाकाबन्दीको विरोध गर्दै काठमाडौं उपत्यकाका विद्यार्थीहरुले ‘विद्यार्थीको पढ्ने अधिकार रक्षा’को लागि भन्दै २७ किलोमिटर चक्रपथमा मानव साङ्लो प्रदर्शन गरेपछि सोमबार वीरगञ्जका विद्यार्थीहरुले भने मधेश आन्दोलनको समर्थन गरेका हुन् ।

नाकाबन्दी विरुद्ध चक्रपथमा मानव साङ्लो (भिडियो/फोटो सहित )

उनीहरुले मितेरी पुलबाट वीरगञ्जको परवानीपुरसम्म झण्डै १३ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रर्दशन गरेका हुन् । बिहान ९ बजेदेखि ११ बजेसम्म भएको प्रर्दशनमा वीरगञ्जका निजी तथा सामुदायीक विद्यालय र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।

मानव साङ्लोमा कक्षा पाँचदेखि उच्चमावि तहमा अध्ययन गर्ने विद्यार्थीहरुले वीर शहिद अमर रहुन, मधेसका माग पुरा गर, बालअधिकार सुनिश्चित गर, हाम्रो भविष्य के हुने ? भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीसँगै शिक्षक पनि प्रर्दशनमा सहभागी रहेका थिए ।

मानव साङ्लोप्रति मानअधिकार आयोगको यस्तो आपत्ति

काठमाडौंमा विद्यार्थीले मानव साङ्लो प्रदर्शनकै दिन राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, जुलुस, लगायतका राजनीतिक कार्यक्रममा विद्यार्थीको प्रयोग भएको प्रति चिन्ता जनाउँदै ध्यानाकर्षण भएको बताएको थियो ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1lpfn3F
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.