Loading...
Loading...
अख्तियारले भन्यो ‘सके कालोबजारी रोक्नुहोस, नसके पद ओगटने अधिकार छैन’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजरमा मौलाएको कालोबजारी तत्काल रोक्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
पछिल्लो समयमा बजारमा कालोबजारी मोलाएको भन्दै कालोबजारी तत्काल रोकेर आम नागरिकले पुर्ववत रुपमा जिवन यापन गर्ने बाताबरण बनाउनेगरि कामगर्न निर्देशन दिएको छ ।
बजारमा तेल, ग्यासलगायतका अत्याश्यक सामाग्रीमा कालोबजारीमा मौलाएको भन्दै यसलाई हसज रुपमा वितरण गर्न नसक्ने हो भने अख्तियारको कारबाही भोग्न तयार हुन पनि कडा चेतावनी दिएको ।12312263_1008309649192248_190916363_n
आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु र सम्बिन्धत मन्त्रालयका सरकारी अधिकारीलाई बोलाएर सो निर्देशन र चेतावनी दिएको हो ।
वाणिज्य तथा आपुर्ती मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगमले गरेको अनुगमन प्रभावकारी भएन, यो अनुगमनले बदमासी गर्नेलाई प्रोत्साहन गरेको छ र ठुलाबडालाई छुट दिइएको छ, आयोगका प्रवक्ता कृष्णहरी पुष्करले भने,‘जनताले १० दिनसम्म लाइनमा बस्दा पनि तेल, ग्यास पाउन सकेका छैनन्, ठुलाबडाकहाँ यो समस्या छैन, यो पनि कँहीको अनुगमन हो ।’ उनजले थपे, ‘आगामी दिनमा सम्बन्धीत कार्यालयले यो काम गरि भनेर झारा टार्ने प्रगति विवरण देखाउने हैन बजारमा देखिएको समस्या समाधान गर्न लाग्नुहोस यदि आयोगले दिएको जिम्मेवारी पुरा गर्न सक्नु हुन्न भने तत्काल कारबाही भोग्न तयार हुनुहोस ।’
यस अघि जस्तो अन्तरमन्त्रालय समन्वय भएन भनेर काम नगर्ने हो भने पद ओगटेर बस्नु भन्दा सो पद छाडन समेन पुस्करले आग्रह गरेका छन् ।
आयोगमा बोलाएर दिएको निर्देशनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले ग्याँस डीपोका मान्छेले २२÷२५ वटासम्म सिलिण्डरहरु लाईनमा राख्ने गरेकाले सर्वसाधारण जनताले ग्यास पाउन नसकेको जानकारी गराए । उनले बजारमा मौलाएको कालोबजारी रोक्न ठुला व्यवसायी घरानामा नै छापा मार्नुपर्ने बताए । यस अघि सिडिओले यस्ता घटनामा संलग्न भएका व्यक्तिलाई कारबाही गर्ने आएकोमा संविधानले त्यो अधिकार अदालतलाई दिएका कारण समस्या बढदै गएको बताए ।
यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कालोबजारी नियन्त्रण हुन नसकेको स्वीकार गर्दै सरकारी निकायहरुवीच तालमेल हुन नसक्दा कालोबजारी नियन्त्रणमा कठिनाइ भइहरहेको जानकारी गराए । उपत्यकामा कालोबजारी गर्ने गिरोह नै सकृय रहे पनि सही सूचनाको अभावमा कारबाही गर्न समस्या भएको निरीहता प्रकट गरे ।
काठमाडौँका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले निजी प्रयोजनका लागि थानकोट र फर्पिङबाट ५० लिटरसम्म मात्रै तेल ल्याउने अनुमति दिइएको स्पष्ट पारे । उनले थानकोट र फर्पिङमा सरकारको उपस्थिती प्रभावकारी पार्नु पर्ने धारणा राखे ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.