भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

जनकपुर, १४ मंसिर । विगत तीन महिनादेखि जारी मधेस आन्दोलनमा नेपाली काँग्रेसले बल्लतल्ल ज्यान जोगाएको छ । मधेस आन्दोलनलाई समर्थन गर्दै काँग्रेसले निकालेको जुलुसमा एक्कासी मधेसी मोर्चाले आक्रमण गरेको छ ।
नेपाली काँग्रेसप्रति विश्वास नरहेको र पार्टीको ब्यानरमा ¥याली निकाल्न दिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले अवरोध पु¥याएका हुन् ।
आन्दोलनरत मधेशी मोर्चा र मधेशी गठवन्धनले जुलुसको प्रतिकार गर्ने भन्दै प्रदर्शन गरेका थिए । कार्यालयनजिकै आन्दोलनकारीले टायर बालेर धर्ना दिएपछि कांग्रेस कार्यकर्ता सडकमा निस्कन सकेनन् ।
मधेश आन्दोलनलाई समर्थन गर्ने भए पार्टीको झण्डा छोडेर कालोझण्डामा आउन पनि मोर्चाका कार्यकर्ताले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला थुप्रै मधेशी मारिएको भन्दै मोर्चाका कार्यकर्ताले काँगेसको विश्वास गर्न नसकिने बताएका थिए ।
नेपाली काँगेस धनुषाले भने कालोझण्डासँगै पार्टीको झण्डासमेत राखेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउने बताउँदै आएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

