Loading...
Loading...
गाउ“ सुधार्दै सामुदायिक घरवास कार्यक्रम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इलाम, १३ असोज ।
गाउ“को पुच्छारमा आफ्नै सुरमा बगिरहने पुवामाई । किनारी भित्तामा अडिएकी सेती देवी । शीरमाथि भिरालो परेको सुन्दर गाउ“ । गाउ“को बीचमा गाडी पुग्ने कच्ची सडक । बाटो तल माथि कुनै कच्ची कुनै त कतै अर्ध पक्की चिटिक्क परेका छरिएका घरहरु । घर वरिपरी फूलबारी । उत्तिकै सफा अनि सुग्घर बसौबसौं लाग्ने एकान्त गाउ“ ।
आजकल बजारको होहल्ला, शारीरिक थकान र तनाव बिर्सने थलो बनेको छ यो गाउ“ । इलाम नगरपालिका—९ मा पर्ने यो गाउ“मा जो कोही पुगेपनि हुन्छ । सदरमुकाम नजिकैको बालनगाउ“ । उद्योग वाणिज्य संघ र नेपाल सरकारको सहयोगमा निर्माण थालिएको बालनगाउ“ सामुदायिक घरवास कार्यक्रमले गाउ“को मुहार फेरिन थालेको छ ।12081625_984123004944246_520776971_n
बजारको मुख्य भाग हस्पिटल चोक उत्तर ग्रिन भ्यू गेष्ट हाउस हु“दै चियाबारीको दृष्यावलोकन गर्दै झण्डै पौने घण्टा तेर्सिएको बाटोमा पैदल हि“डेपछि पुगिने बालन गाउ“मा जस्तोसुकै साना सवारी साधनमा पनि पुग्न सकिन्छ । गाउ“को करिब एक सय घर मध्ये १० घरमा सुरु गरिएको घरबास कार्यक्रमका लागि पहिलो चरणमा २० जनाले एकै पटकमा सेवा लिन सक्नेछन् । यसले आयआर्जमा सुधार, कृषि पर्यटनको विकास, स्थानीय कला संस्कृतिको विकास र प्रचार–प्रसारमा सहयोग पुगेको छ ।
यसअघि यस्तो थिएन । कार्यक्रमका अध्यक्ष बसन्त लिम्बुले भन्छिन्, ‘घरवास कार्यक्रमले गाउ“ सफा देखिन थालेको छ । नराम्रो होहल्ला नियन्त्रणमा आएको छ । सदरमुकामकै गाउ“ भएपनि पछाडि परेको यो वस्तीलाई व्यवसायी बनाउ“दै लगेको छ । जीवन शैलीमा सुधार हु“दै आएको छ ।’
उनका अनुसार सामुदायिक घरवास कार्यक्रमले सरसफाइ गर्ने बानीको विकास भएको छ । गाउ“ले जीवनशैलीमा सुधार आएको छ । रहन—सहन फेरिएको छ । बोली वचनमा मिठास आउन थालेको छ । सामाजिक एकता र भावनाको विकास भएको छ । विकृति विसंगतिमा सुधार हु“दै आएको छ । ‘नया“ मान्छेस“ग बोल्न हिचकीचाउने आमा दिदीलाई घरमै पाहुना सत्कार गर्ने ज्ञान सिकाउ“दै जीवनस्तर उकास्न सिपालु बनाउ“दै लागेको छ’ घरबास कार्यक्रमका सदस्य सपना लिम्बुले बताइन् । घरवासस“गै उनीहरुले अर्गानिक तरकारी खेती र पुष्प व्यवसाय समेत सुरु गरेका छन् । कार्यक्रमको सहयोगमा टनेलमा तरकारी खेती र पुष्प व्यवसाय थालेका हुन् । भकारो सुधार गरी अर्गानिक कृषिका लागि मल उत्पादन सरु गरेका छन् ।
सामुदायिक घरवास कार्यक्रममा स्थानीय १० घर सहभागी छन् । उनीहरुले वाणिज्य संघको ३५ लाख खर्च गरेर घरबास कार्यक्रम सुरु गरेका हुन् । यसमा ४० प्रतिशत समुदायको श्रम लगानी रहेको सदस्य सपनाले जानकारी गराइन् । उनीहरुले घरबासका लागि पाहुना घर, कोठा व्यवस्थापन, बाटो निर्माण लगायतको पूर्वाधार तयार गरेका छन् ।
घरबासका लागि आउने पाहुनालाई मनोरञ्जन दिलाउन स्थानीय लिम्बू जातिको च्याब्रुङ नाच (केलाङ), धान नाच (याःलाङ), येवा÷साम्बा नाचस“गै स्थानीय विभिन्न जातीय सांस्कृतिक मनोरञ्जन समेत दिने व्यवस्था गरिएको सामुदायिक घरवास कार्यक्रमका सदस्य लिम्बुले जानकारी दिइन् । पाहुनाले दुई छाक खाना र एक रात वासका लागि पा“च सय मूल्यमा घरमै बनेको अर्गानिक परिकार खान पाउ“ने छन् ।
घरवासका लागि संघकै सहयोगमा घरमै बनाउन सकिने ११ प्रकारका अचार बनाउन सिकेका छन् । घरवासका लागि स्वागत व्यवहार शैलीको तालिम र भ्रमणले व्यवसायी बन्न आत्म विश्वास बढेको बताउ“छिन् । यहा“का फूर्सदिला युवा जीवनका लागि वैकल्पिक पेशा थपिएकोले भविष्यमा जीवनस्तर सुधार हु“दै जानेमा विस्वस्त हुन थालेका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.