Loading...
Loading...
ब्रेकअप भएको ५ दिन पछि हलिउड स्टार जिम क्यारीकी गर्लफ्रेन्डको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

हलिउडका सुपरस्टार तथा कमेडिएन जिम क्यारीकी गर्लफ्रेन्डको मृत्यु भएको छ। मंगलबार जिम क्यारीकी गर्लफ्रेन्ड ३० वर्षिया क्याथरियोना ह्वाइट लस एन्जल्स स्थित उनकै घरमा मृत फेलापरेकी थिइन।

घरमै भेटिएको लासको साथमा केही औषधीहरु पनि भेटिएका छन्। यसैकारण उनको मृत्यु ड्रग्स ओभरडोजले कारणले भएको शंका गरिएको छ। सोमबार राति नै उनले आत्महत्या गरेको अनुमान लगाइएको छ। प्रहरीले भने यसबारेमा स्पष्ट पारिसकेको छैन। उनले आत्महत्या गर्नु पुर्व एउटा चिठी लेखेको बताइएको छ। चिठीमा २४ सेप्टम्बरमा जिम क्यारीसंग ब्रेकअप भएको प्रसंग उठाइएको बताइन्छ।Jim-Carrey-Cathriona-White

क्याथरियोना पेशाले मेकअप आर्टिस्ट थिइन। क्याथरियोना र ५३ वर्षिय जिम क्यारीको भेट तीन वर्ष पहिले भएको थियो। यी दुई बीच ठिक ठाक चलिरहेको सम्बन्ध हप्ता दिन अघि टुङ्गिएको थियो। २४ सेप्टेम्बरमा ट्वीटरमा क्याथरियोनाले ट्वीटरबाट हट्ने भनी ट्वीट गरेकी थिइन।

गर्लफ्रेन्डको मृत्यु पश्चात जिम क्यारीले स्टाटस लेख्दै उनको मृत्युमा दुख लागेको र उनी राम्रो मन भएकी नाजुक फुल जस्ती थिइन भन्ने बताएका छन्।

जिम क्यारी हलिउडका सबैभन्दा चर्चित कमेडिएन हुन। उनको ‘डम्ब एण्ड डमर’, ‘ब्रुस अलमाइटी’, ‘मास्क’ जस्ता फिल्म विश्वभरका दर्शकहरुले मनपराएका थिए।

The post ब्रेकअप भएको ५ दिन पछि हलिउड स्टार जिम क्यारीकी गर्लफ्रेन्डको मृत्यु appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1VmrNKi
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.