Loading...
Loading...
नेपालले स्कटल्यान्डलाई दियो १६८ रनको सामान्य लक्ष्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, श्रावण १५ । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

स्कटल्याण्डमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो । नेपालका प्रमुख ब्याट्स म्यानहरु पुनः एक पटक असफल हुँदा नेपाल झिनो योगफलमै खुम्चिएको हो ।शरद भेषावकरले सर्वाधिक रन बनाएको नेपाली इनिङमा बसन्त रेग्मीले १९ तथा अभिनाश कर्णले रन जोडे ।यस्तै, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटाले समान १६–१६ रनको योगदान गरे ।

Capture

प्रतियोगिताअन्तर्गत् पहिलो खेलमा शतक प्रहार गरेका अनिल मण्डल पनि ९ रनमै पेवेलियन फर्किए । कप्तान पारस खड्काले १०, सोमपाल कामीले ७ रन मात्र जोड्न सके ।नेपाललाइ सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका अलास्डेर इभान्सले ३ विकेट लिए ।अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एक दिवसीय ढाँचाको यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाइरहेको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि, बुधबार राति भएको खेलमा नेपाल ३ रनको झिनो अन्तरमा पराजित भएको थियो ।

khel-khel1

८ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्ड दुबै पहिलो चरणका खेल खेलिरहेका छन् । दुई वर्षसम्म सन्चालन हुने लिगमा प्रत्येक राष्ट्रले एक अर्कासँग ‘होम एन्ड अवे’ गरी २–२ खेल खेल्ने छन् ।

प्रतियोगितामा नेपाल र स्कटल्यान्डसँगै नामिबिया, पपुवा न्युगिनी, हङकङ, युएई, केन्या र नेदरल्यान्ड्स सहभागी छन् । -



## News source from Zoomnp http://bit.ly/1Deh1xw
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.