भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं, श्रावण १५ । अर्बौ रुपैयाँ ठगी गरेर फरार रहँदै आएका युनिटी लाइफ इन्टरनेसनलका मुख्य सन्चालकद्धय विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।
नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेका क्षेत्री दाजुभाइलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी आयुक्त कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले पर्वत घर भएका र लामो समयदेखि फरार रहँदै आएका क्षेत्री दाजुभाइलाई सार्वजनिक गरेको हो ।
नेटवर्किङ व्यवसायको नाममा गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सलगायतका आर्थिक गतिविधि सन्चालन गरेर तीन लाख ६६ हजारभन्दा बढी सर्वसाधारणबाट तीन अर्ब ७९ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलासा भएपछि सरकारले चार वर्षअघि युनिटी लाइफमाथि प्रतिबन्ध लगाएको थियो ।
युनिटीमाथि प्रतिबन्ध लगाएलगत्तै क्षेत्री दाजुभाइलगायत सो संस्थाका सन्चालकहरु फरार भएका थिए । क्षेत्री दाजुभाइविरुद्ध ललितपुर जिल्ला अदालतले जनही ३ वर्ष कैद र एक करोड रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो भराउने फैसला गरेको थियो ।
केही समयअघि कृष्ण क्षेत्रीले आफ्ना सहोदर भाइ तथा युनिटी लाइफका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीको गोली हानी हत्या भएको भन्दै फेसबुकमार्फत् लाससहितको झुठो प्रचारसमेत गरेका थिए ।
यसअघि नै पक्राउ परेका युनिटी लाइफका अध्यक्ष काशीराम गुरुङ जेलमा रहेका छन् । युनिटीले ठगी गरेका हजारौं सर्वसाधारणले विभिन्न जिल्लामा उजुरी दिएपनि उनीहरुको सुनुवाइ भएको छैन । भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गरि भिडियो हेर्नुहोस >>>
## News source from Zoomnp http://bit.ly/1fOSR1q
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

