भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी : अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले दाउदको तर्फबाट बोल्दै भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन् । शकिलले याकुबको फाँसीलार्इ कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलार्इ चेतावनी दिएका हुन् । शकिलले याकुबलार्इ भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको जनाउँदै त्यसको बदला लिएरै छाड्ने भन्ने समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ |
सन् १९९३ मा मुम्बईका दर्जन बढी ठाउँमा गरिएको धमाकामा दोषी ठहर्याएर याकुबलार्इ बिहीबार महाराष्ट्रको नागपुर सेन्ट्रल जेलमा फाँसी दिइएको थियो । छोटा शकिल पनि मुम्बर्इ बम आक्रमणका एक दोषी हुन् । ‘भारत सरकारले यो कस्तो सन्देश दियो ? तिमीहरुले एक निर्दोषलार्इ उसका भाइले गरेको अपराधमा सजाय दियो’, शकिलले एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै भने, ‘डि कम्पनी यसको निन्दा गर्छ ।’ शकिलले यो फाँसीको परिणाम भोग्न तयार हुन समेत भारतलार्इ चेतावनी दिए । उनले भारतलार्इ धोकेबाजको संज्ञा दिँदै उनका प्रमुख दाउद र भारतबाट भागेका अन्य मान्छे अब फर्कने सम्भावना पनि समाप्त भएको जनाए |शकिलले मुम्बर्इ बम हमलाका दोषी याकुबका भाइ टाइगर भएको जिकिर गरे । शकिलले भने, ‘दाउद भाइको पनि यही हालत हुनेछ यदि उनी भारत फर्के भने उनलार्इ पनि झुन्डाउनेछन् ।’ दाउदका साथै चाँदीका तस्कर तथा याकुबका दाजु टाइगर मेमनले मुम्बर्इ बम हमलामा संलग्न भएर त्यसलार्इ सफल पारेको आरोप छ । ‘अबबाट कुनै पनि भारतीय एजेन्सीको भरोसा गर्न सकिन्न’, शकिलले भने, ‘चाहे उनीहरुले जति नै धेरै भरोसा किन नदिउन् ।’
## News source from Zoomnp http://bit.ly/1Icy2Vi
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

