भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार भरण गर्न आदेश दिएको छ ।
पन्ध्र वर्षीया बालिकालाई राईले जबर्जस्ती करणी गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २७ गते उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले अनुसन्धान गरी असार १३ गते अदालतमा बुझाएको १५ दिनमै मुद्दा फैसला गरेको हो ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ योङ्हाङले बताए । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ । अपहरण तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
The post १५ वर्षे वालीका बलात्कार गर्ने ७० वर्षीय वृद्ध ११ वर्ष जेल चलान appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1IxdpGQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

