Loading...
Loading...
सनी दम्पतीको कमजोरी सपिङ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

sanilyon-233x152सनी र डेनियलको बिहे भएको आठ वर्ष भइसक्यो। तर, उनीहरू मायाप्रेम अहिले पनि उस्तै छ। डेनियल आफूले सनीलाई पहिलोपटक लस भेगासको एउटा रेस्टुरेन्टमा देखेको बताउँछन्। ‘त्यहाँ म आफ्नो ब्यान्डको शो गर्न गएको थिएँ। सनी पनि आफ्ना साथीहरूसँग छुट्टी मनाउन आएकी थिइन्। मैले उनलाई हेर्नेबित्तिकै मन पराएँ। मेरो एकजना साथीले उनलाई चिन्थ्यो,’ डेनियल भन्छन्। डेनियलको भनाइमा सनी थप्छिन्, ‘त्यस दिन डेनियल मेरो सामु आए। मेरो नाम सोधे र आफ्नो टेबलमा गएर बसे। त्यसपछि जहिले पनि त्यस रेस्टुरेन्टमा जाँदा मैले फूलको गुच्छा पाइ नै हाल्थेँ। डेनियलको यो बानी मलाई साह्रै राम्रो लाग्यो।’

तर, सनीले डेनियलको प्रेम प्रस्ताव सजिलै स्वीकार गरिनन्। ‘डेनियल मेरा सुखदुःखका साथी बने। उनीसँग भेट हुने बेला मेरो आमा बित्नुभएको थियो। म तनावबाट गुजि्ररहेकी थिएँ। जीवनदेखि यति निराश भइसकेकी थिएँ कि कुनै पनि केटा मेरो अवस्था हेरेर छोडेर जान्थ्यो होला। तर, डेनियलले यस्तो गरेनन्,’ सनी भन्छिन्, ‘तीन वर्षसम्म डेट गरेर हामीले बिहे गर्यौँ । पछि मेरो बुबा बित्नुभयो। त्यतिबेला पनि मलाई डेनियलले नै सम्हाले।’ सनी र डेनियल आफ्ना धेरै बानी एकअर्कासँग मिल्ने बताउँछन्। दुवैलाई साहसिक खेल मन पर्छ। दुवै फिटनेसप्रति सचेत छन्। सपिङ पनि दुवैको कमजोरी हो। सपिङ गर्दा आफूहरू ‘कसले के किन्यो’ भनेर प्रतिस्पर्धा गर्ने बताउँछन् डेनियल। ‘हामी फिटनेस फ्रिक हौँ। वर्कआउट पनि गर्छौं। घरको एउटा कोठामा हामीले जिम बनाएका छौँ। घर नजिकका जिमका सदस्य पनि छौँ हामी। फुर्सद भएको बेला वर्कआउट गर्छौं,’ डेनियल भन्छन्।सनीलाई घुम्ने सोख छ। उनलाई समुद्र भएका ठाउँ बढी मन पर्छन्। ‘मैले आफ्ना अभिभावकका अस्तु समुद्रमा विसर्जित गरेकी थिएँ। त्यसैले समुद्रमा जाँदा लाग्छ मेरा अभिभावक मसँगै छन्,’ उनी भन्छिन्। डेनियलको हरेक जन्मदिनमा सनीले एडभेन्चर टि्रप प्याकेज उपहारमा दिने गरेकी छिन्। ‘गत वर्ष हामीले स्काई ड्राइभिङ गरेका थियौँ। त्यसभन्दा अघिल्लो वर्ष बन्जी जम्पिङ गरेका थियौँ,’ उनी भन्छिन्। सनी धैर्यवान् भएको डेनियलको भनाइ छ। ‘तर, उनको रिस साह्रै नराम्रो छ। जब उनलाई रिस उठ्छ, कोही पनि उनको सामु जाने हिम्मत गर्न सक्दैन। म चाहन्छु कि उनको रिस अलिक कम होस्।’ सनी चाहिँ डेनियल पनि रिसाहा रहेको बताउँछिन्। ‘डेनियल छिट्टै रिसाउँछन्। अरूमाथि छिट्टै विश्वास गर्ने बानी पनि उनको नराम्रो छ। उनले यी बानीमा सुधार गर्नुपर्छ,’ सनी भन्छिन्। सनी र डेनियलको बिहे पारम्परिक तरिकाले भएको थियो। दिनमा उनीहरूले गुरुद्वारामा बिहे गरेका थिए भने बेलुका यहुदी रीतिरिवाजअनुसार बिहे गरेका थिए।

–एजेन्सीको सहयोगमा



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1SR5wO9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.