भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका–१ अन्तर्गत पूर्वपश्चिम राजमार्गको चाँदी नजिकको लच्कामा तीव्र गतिमा रहेको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गए राती चन्द्रनिगाहपुरबाट सर्लाही जादै गरेको बा६च ९०१२ नम्बरको जिप अनियन्त्रित भई रुखमा ठोक्किँदा जिपमा सवार सर्लाही रानीगन्जका करिब ३० वर्षीय चित्रबहादुर पुर्वाछाने (मगर) र लालबन्दी नगरपालिका–२ का २७ वर्षीय मनोज गोलेको घटनास्थलमै मृत्यु भएको छ ।
जिप दुर्घटनामा घाइते भएका अर्जुन लामाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको छ । बाँकी पाँचजनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
The post सवारी दुर्घटनामा २ को मृत्यु, ६ घाइते appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1UedD9Q
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

