भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

चर्चित र्यापर, गीतकार र फेसन डिजाइनर ‘कान्ये वेष्ट’ले हालैमा ‘ग्लास्टोनबरी’ महोत्सवमा ‘क्वीन’ ब्याण्डको प्रख्यात गीत ‘बोहिमियन र्ह्यापसोडी’ गाएका थिए । मौलिक रुपमा ‘क्वीन’ ब्याण्डको ‘फ्रेडी मर्क्युरी’ले गाएको ‘बोहिमियन र्ह्यापसोडी’ आफ्नो शब्द र संगीत रचनाले निकै चर्चित भएको गीत हो । यो गीत गाउन र बजाउन आफैलाई चुनौती दिनु जस्तो गार्हो हुन्छ । त्यहि कारणले ‘कान्ये वेष्ट’ले सो गीत गाउँदा धेरैले नकारात्मक रुपले लिएका थिए ।
यो घटना अघि ‘कान्ये वेष्ट’को साटो अरु कुनै रक ब्याण्डलाई बोलाईयोस भनेर महोत्सवका संस्थापकहरुमाझ करिब १५०,००० हस्ताक्षर गरि स्थानीय बासिन्दाहरुले बुझाएका थिए । दर्शकहरु निराश नहुन् भनेर ‘कान्ये वेष्ट’ले सो गीत गाएका थिए । गीतको “Mama, I just killed a man” वाक्य पछि उनले गाउन सुरु गरेका थिए । तर सो गीत गाउन उनी असफल भएको कारण धेरै जसो भाग श्रोताहरुलेनै गाउन पर्यो । यो प्रदर्शनलाई नराम्रो भन्दा पनि अति नै नराम्रो भनेर धेरैले प्रतिक्रिया जनाए ।
यसअघि ‘क्वीन प्लस एडम ल्यमबर्ट’ टूरमा ‘एडम ल्यमबर्ट’ले पनि सो गीत ‘क्वीन’ ब्याण्डसँगै गाएका थिए । त्यस बेलाको प्रदर्शनबाट दर्शकहरुले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
हेर्नुहोस ‘फ्रेडी मर्क्युरी’ले सन् १९८१मा गरेको ‘बोहिमियन र्ह्यापसोडी’को प्रदर्शन-
अनि ‘कान्ये वेष्ट’को प्रदर्शन-
The post ‘कान्ये वेष्ट’ले गाए ‘बोहिमियन र्ह्यापसोडी’ , झुर की अति झुर ? appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1Ns5Ph5
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

