भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी : दुर्इवटामात्रै बेडरूम भएको घरको बिजुलीको बिल कति आउला ? सजिलै अनुमान लाउन सकिन्छ ५ सय एक हजार धेरै आएमा १५ सय, दुर्इ हजार ।
तर भारतको झारखण्ड राज्यको राजधानी राँचीस्थित एक व्यक्तिको घरको बिजुलीको बिल ५५ करोड भारतीय रुपैयाँ अर्थात ८८ करोड रुपैयाँ आएपछि उनको होसहवास उडेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राँची निवासी कृष्णप्रसाद केही दिनअघि एक बिबाह समारोहमा पुगेर घर फर्कँदा उनको घरमा बिजुली बिल आइपुगेको थियो ।
मिटर रिडिङ गरेर छाडिएको बिजुलीको बिल जब उनले हेर तब उनको होस नै उड्यो । यो कुनै साधरण बिजुलीको बिल थिएन । यो उनको घरमा बालिएको बिजुलीको बिल थियो, त्यो पनि ५५ करोड भारतीय रुपैयाँको ।
उनले आफ्नो घरमा प्रयोग गरिएको बिजुलीको मासिक यति धेरै देखेपछि उनको झन्डै ज्यानै गयो । प्रसादले यति धेरै रकम उल्लेख गरिएको बिल देखेर झन्डै ज्यान गएको बताउँदै बिजुली विभागविरुद्ध मुद्धा दर्ता गर्ने भएका छन् ।
उनले यो बिजुलीको बिल आमालार्इ देखाएपछि उनकी आमा बेहोसै भएकी बताएका छन् । यो बिजुलीको बिलका कारण उनकी ५५ वर्षीया आमालार्इ झट्का लागेपछि तत्काल उपचारका लागि डाक्टरकहाँ लानुपर्यो ।
प्रसादको पाँचजनाको परिवार राँचीको काडरू इलाकामा दुर्इ बेडरुम भएको घरमा बस्दै आएका छन् । ज्यानै लिने गर्मीका बाबजुत पनि उनले एसीको प्रयो गरेका छैनन् ।
यो सहरमा दैनिक ७ देखि ९ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । यो घटना सार्वजनिक भएपछि झारखण्ड बिजुली विभागले आफ्ना दर्इ कर्मचारीलार्इ निलम्बन गरेको छ ।
विभागका अनुसार यति धेरै रकमको बिल कर्मचारीले लेख्ने क्रममा गल्ती गर्दा आएको हो । झारखण्डमा बिजुलीको बिल सम्बन्धित सबै काम एक निजी कम्पनीले गर्दै आएको छ । बिजुली विभागका अधिकारिले यो मामिलाको जाँच गर्न छानविन समिति गठन गर्ने जनाएका छन् ।
श्रोत अन्नपूर्ण
feed news collection from etaja khabar http://ift.tt/1KFxeNT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

