भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो ।
‘संविधानसभाको बैठक सूचना टाँसेर २० गतेसम्म स्थगित गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराले अनलाइनखबरसँग भने, ‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’
संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सुक्षम छलफल नभएको भन्दै महराले यसबारे सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजय गच्छदारसमेत चार नेताले टुंगो लगाउने बताए ।
सहमति खोज्न ३० दलको बैठक
यसैबीच राष्ट्रिय सरकार र संविधानमा सहमति खोज्नका लागि एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चाको प्रमुखका हैसियतले आइतबारै बैठक बोलाएका छन् । एमाओवादी नेताले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ बजे ७ दलीय मोर्चाको बैठक बोलाइएको छ भने ५ बजे ३० दलको बैठक डाकिएको छ आजको अनलाइन खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1KFxg8I
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

