Loading...
Loading...
काठमाडौंमा सरुवा रोगको प्रकोप फैलने खतरा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, जेठ १७ – महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भूकम्पपछिको काठमाडौमा सरुवा रोगको प्रकोप बढ्ने बताएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा जापानिज इन्सेफलाईटिस, डेंगु जस्ता रोगको महामारी फैलन सक्ने बताएको हो ।

महाशाखाले भूकम्प पछिको काठमाडौंमा अव्यवस्थित बसोबास र  फोहरको कारण जापानिज इन्सेफलाईटिस, डेंगुका भाइरसलाई फैलने पर्याप्त वातावरण बनेको भन्दै सचेत रहन पनि भनेको छ । पत्रकार सम्मेलनमा महाशाखा प्रमुख बाबुराम मरासिनीले काठमाडौंमा जापानिज इन्सेफलाईटिस र  डेंगु अनि काठमाडौं वरिपरिका क्षेत्रमा पशुबाट मानिसमा सर्ने रोगको संक्रमण दर बढिरहेको बताउनुभयो ।

काठमाडौं उपत्यका जापानिज इन्सेफलाईटिस उच्च जोखिममा रहेको छ भने डेंगुका संक्रमण पनि उच्च दरमा छ । यस्तै  महाशाखाले काठमाडौंमा गर्मी बढेसँगै पाको उमेर समूहका बढी प्रभावित हुने बताएको छ । यो गर्मीको मौसममा वृद्धवृद्धालाई विशेष हेरचाह गर्न नसके ज्यान नै जोखिममा पर्ने बताएको छ ।

उपत्यकासँगै तराईका जिल्लामा  अत्याधिक गर्मीको महसुस हुन थालेको छ । सुख्खा हावा चलेका कारण बिरामी भई अस्पतालमा आउनेको संख्या पनि बढ्दै गएको छ । महाशाखाले  गर्मीबाट बच्नका लागि बासी र झिँगा भन्केको खानेकुरा नखान, सफा पानी  र झोलिलो खानेकुरा बढी मात्रामा खान तथा गर्मीको बेला हिड्डुल नगर्न सुझाव दिएको छ ।



feed news collection from etaja khabar http://ift.tt/1d7eBEu

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.