Loading...
Loading...
भूकम्पबाट मृत्यु भएका पच्चीसको सनाखत हुन सकेन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भूकम्पबाट मृत्यु भएको २५ शवको अझै सनाखत हुन सकेको छैन।
प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार सनाखत हुन नसकेकामध्ये १७ शव पहिचान खुल्ने अवस्थामा र आठ शव क्षत्विक्षत् अवस्थामा छन्।

सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका १७ शवमध्ये १३ पुरुष, एक विदेशीसहित तीन महिला र एक बालिका छन्। सनाखत हुन नसकेको शवमध्ये काठमाडौँको १५, रसुवा लाङटाङको सात, दोलखाका दुई र भक्तपुरका एक छन्।

तस्बिर, औँठा छाप, डिएनएलगायत अभिलेखीकरण सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ। आज मात्रै रसुवाका एक व्यक्तिको शव पहिचान गरी आफन्तले बुझेका छन्। भूकम्पपछि आफन्त हराएका परिवारलाई शिक्षण अस्पतालमा आएर आफ्नो परिवारको सदस्यको शव हो/होइन भनी पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमै अपिल गरिसकेको छ।

भूकम्पमा परी हालसम्म १९५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ।

प्रहरी नायब महानिरीक्षक भण्डारीका अनुसार हराइरहेकाको परिवारका सदस्यलाई ल्याएर पहिचान नखुलेका शव देखाउने तयारी गरिएको छ। अझै केही समय ती शव राखिने र सो समयमा पनि पहिचान नखुले मुचुल्का गरी अन्त्येष्टि गर्ने तयारी प्रहरीको छ।

काठमाडौँमा भेटिएका तर पहिचान नखुल्ने शवमध्ये अधिकांश गोँगबु नयाँ बसपार्क क्षेत्रमा भेटिएका हुन्। उनीहरु त्यहाँस्थित होटलका पाहुना भएको अनुमान गरिएको छ।

उनीहरुको पहिचान खुल्ने विवरण र कपडाको तस्बिर प्रहरीले आफ्नो वेभसाइटमा राखेको छ। भूकम्पबाट मृत्यु भएका आठ हजार ६९२ मध्ये आठ हजार ६६४ जनाको शव आफन्तलाई बुझाई सकिएको प्रहरीले जनाएको छ।

दोलखा, गोरखालगायत जिल्लामा अझै पनि पुरिएको अवस्थामा शवहरु रहेको र भग्नावशेषबाट शव झिक्ने कार्य जारी रहेकाले पहिचान नहुने अवस्थाका अन्य शव आउन सक्ने प्रहरीको अनुमान छ। रासस



feed news collection from etaja khabar http://ift.tt/1EKMTDk

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.