पहाड चर्किएपछि बस्ती जोखिममा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मिडिया एनपी, म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका–१४ सुर्केमेला गाउँ बस्तीमाथि रहेको पहाड चर्किएपछि उक्त बस्ती पहिरोको जोखिममा परेको छ ।
बस्तीदेखि करिब एक किलोमिटर माथि भकिम्ली–४ मा रहेको चिल बस्ने डाँडाको पहाड गएको वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण चिरा परेर भत्कने अवस्थामा पुगेको हो ।
पहाडको टुप्पोमा चिराचिरा परेको र धाँजा फाटेकाले पहिरो खस्ने जोखिम रहेको सुर्केमेला युवा क्लबले जनाएको छ । क्लवका अनुसार पहिरो खस्ने डरले सुर्केमेलाका ६० घरपरिवार त्रसित भएका छन् ।
पहिरोको सम्भावित खतराबाट बच्नका लागि चेकजाँचका लागि प्राविधिक खटाइदिन माग गर्दै क्लबले आइतबार नै बेनी नगरपालिका कार्यालयमा निवेदन दिएको छ ।
The post पहाड चर्किएपछि बस्ती जोखिममा appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://ift.tt/1Jd3pnt
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

