भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं, जेठ १८ - चर्चित टेलिश्रृँखला मेरी बास्सैका धुर्मुस र सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई हिजोआज घर र चर्पी बनाउन भ्याईनभ्याई छ । भूकम्प गएलगत्तै प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न हिँडेको यो जोडीले यसअघि नुवाकोटमा घर, विद्यालय र शौचालय बनाइसकेको छ ।
उनीहरुलाई अर्को हाँस्य टेलिश्रृँखला भद्रगोलका कलाकार र सगुन डट कमको समूहले सहयोग गरेको छ । यो टोली अहिले काभ्रेको विकट ठाउँ पाँचखाल डाँडागाउँमा पुगेको छ । पहरी समुदायको वस्ती रहेको त्यस ठाउँमा एकीकृत वस्ती अन्तर्गत २० वटा घर बनाउने तयारी भएको कट्टेलले जानकारी दिनुभयो । घर बनाउन स्थानीय श्याम पहरी र अर्जुन ठकुरीले जग्गा दिनुभएको छ । राज्यबाट सहयोग नपाएको अवस्थामा कलाकारको टोलीले घर बनाइदिन खोज्दा समुदायलाई निकै राहत मिलेको पहरीले बताउनुभयो । ‘यहाँका समुदायले कुनै सहयोग पाएका थिएनन्’ पहरीले भन्नुभयो, ‘उहाँहरु आउँदा भगवान भेटेजस्तै भयो ।’
श्रोत उज्यालो
feed news collection from etaja khabar http://ift.tt/1AExWrM
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

