भूकम्प पीडितलाई बाढी पीडितको सहयोग
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बर्दिया, वैशाख १६ – बर्दियाको पदनाहा गाविसका बाढी पीडितले भुकम्प पीडितहरुका लागि राहत रकम प्रदान गरेका छन् । गएको वर्षामा बबई नदीको बाढीबाट प्रभावित पदनाहा गाविस वडा ८ रानीपुर बरबट्टाका बाढी पीडितहरुले आफुहरुलाई आएको सहयोग रकममध्ये १ लाख २ सय ८६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरी भौचर प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरलाई बुझाएका थिए ।
यस्तै बाढीबाट प्रभावित पदनाहा गाविस २ को प्रभावित गाउँबाट संकलन भएको २४ हजार रुपैयाँसमेत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । यसैगरि जिल्ला प्रशासन कार्यालय बर्दियासहित विभिन्न संघसंस्थाको पहलमा बुधबार सम्म कुल ५ लाख ७७ हजार ६ सय ६३ रुपैयाँ राहत रकम संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।
from Taja News Online http://ift.tt/1DKRLsX
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

